back
NMB ad

दाहाल-नेपाल समूहको आम हड्तालले अर्थतन्त्रमा १० अर्ब क्षती, व्यवसायीको प्रश्न- हामीले के अपराध गर्यौं ?

Kumari bank ad

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल–माधव नेपाल समूहले गरेको आम हड्तालका कारण देशको अर्थतन्त्रमा १० अर्ब रुपैयाँ भन्दा बढी क्षती पुगेको छ । यो आज (बिहीबार) एक दिन भएको बन्दको असर मात्रै हो ।

हाल देशको अर्थतन्त्रको आकार ३७ खर्बको छ । अर्थतन्त्रको आकारलाई नै आधार मानेर हेर्दा एक दिने बन्दले देशको अर्थतन्त्रमा १० अर्ब रुपैयाँ भन्दा बढी क्षती पुग्ने देखिन्छ । नेकपाले गरेको एक दिनको आम हड्तालको असर झण्डै तीन दिनसम्म पर्ने निर्माण व्यवसायीहरुको भनाइ छ ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले नेकपाले गरेको एक दिने आम हड्तालको असर तीन दिनसम्म पर्ने बताउनु भयो ।
उहाँका अनुसार बिहीबार भएको आम हड्तालको कारण आर्थिक क्षतिका साथै कामको प्रगतिमा समेत बाधा उत्पन्न भएको छ ।

‘एक दिनको बन्दले हामीलाई तीन दिन असर गर्न’ उहाँले भन्नुभयो ‘बिहीबारको बन्दको कारण हामीलाई प्रतिदिन २ अर्ब २० करोडको हाराहारीमा नोक्सान हुन्छ । यसको असर तीन दिन पर्दा ६ अर्ब ६० करोड रुपैयाँ हाराहारीमा क्षती पुग्छ ।’

कोरोनाले थिलथिलो बनाएको अर्थतन्त्रलाई विस्तारै चलायमान बनाउने समयमा भएको बन्द, दैनिक रुपमा कसैको समर्थन र विरोधमा हुने जुलुस, आमसभाले काम गर्न असहज भएको र यसले अर्थतन्त्रलाई असर पारेको साथै निर्माण व्यवसायीलाई काम गर्न समस्या भएको उहाँको तर्क छ ।

अहिलेको राजनीतिक घटनाक्रमले आगामी दिनमा निर्वादरुपमा काम गर्न नसकिने हो की भन्ने चिन्ता पनि बढेको सिंहको भनाइ छ ।
अहिले काम गर्ने उपयुक्त समयमा भएको बन्दका कारण काम गर्न नसक्ने र पछि निर्माण व्यवसायीले काम गर्न सकेनन् भनेर बन्द गर्ने समूहका नेताहरुले नै आरोप लगाउने गरेको उहाँको भनाइ छ ।

हिजाकोे दिनमा नेताहरुले नै काम गर्न नदिने र अहिले पनि त्यही प्रवृति दोहोरिएको कारण निर्माणको क्षेत्रमा काम गर्न समस्या भएको उहाँको तर्क छ ।

अहिलेको बन्दका कारण निर्माण व्यवसायीले मात्रै नभएर मजदुरले समेत समस्या व्यहोर्नु परेको उहाँको भनाइ छ ।
निर्माण व्यवसायी सधै बन्द हडतालको विरोधमा रहेको भन्दै उद्योग व्यवसायी, निर्माण व्यवसायी, मजदुुरलाई काम गर्ने बातारण बनाउन अध्यक्ष सिंहले सबैसँग आग्रह गर्नुभएको छ ।

यता उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले राजनीतिक दलका नेताहरुले गरेको बन्द, हड्तालको कारण उद्योगी, व्यवसायी, मजदुर वर्गका साथै समग्र अर्थतन्त्रमा धेरै नै असर पर्ने बताउनु भयो ।

‘नेताहरुलाई आफ्नो स्वार्थ पुरा गर्नको लागि बन्द हड्ताल गरे पुग्छ, उहाँहरुले बैंकको ब्याज तिर्नुपर्दैैन, हामीले दैनिक रुपमा ब्याज तिर्नुपर्छ, कर्मचारीलाई तलब खुवाउनु पर्छ’ उहाँले भन्नुभयो ‘उहाँहरुले मुखले बन्द गरौं भने पुग्छ, त्यसको असर व्यहोर्ने भनेको उद्योग, व्यवसायी र सर्वसाधारण जनता, मजदुरले नै हो ।’

अहिलेको समस्या समाधान गर्नको लागि राजनीतिक दलका नेताहरुले बन्द हड्तालमा जानु गलत भएको उहाँको बुझाई छ । यो हड्तालको असर प्रत्यक्ष रुपमा साना उद्योग, निर्माण क्षेत्र र दैनिक ज्यालादारी गर्ने मजदुरलाई परेको श्रेष्ठको भनाइ छ ।

उद्योगी व्यवसायीले सुरु देखि नै नेताहरुको बिबादमा आर्थिक क्षेत्रलाई समस्यामा नपार्न, काममा प्रभाव नपार्न आग्रह गरेपनि नेताहरुले त्यो नसुनेको उहाँको गुनासो छ ।

‘नेताहरुलाई एक दिन मात्रै बन्द गरेजस्तो लाग्छ’ उपाध्यक्ष श्रेष्ठले भन्नुभयो ‘एक दिन बन्द हुँदा उद्योगीले ब्याज कसरी तिर्ने, मजदुरले के खाने, कि त्यो सबैको व्यवस्था तपाईहरुले गर्नुपर्यो, हैन भने हामीले के अपराध गरेका छौ र यो घाटा व्यहोर्ने, मजदुर भोकै बस्ने ?’ यसरी लहडमा बन्द गर्दा देशको अर्थतन्त्रमा दुरगामी असर पर्ने उपाध्यक्ष श्रेष्ठको बुझाई छ ।

सबै उद्योग व्यवसायीले ३५ खर्ब भन्दा बढी ऋण लिएको र त्यो ऋणको ब्याज उद्योग नचले पनि दैनिक दैनिक रुपमा तिर्नुपर्ने, मजदुरको तलब दिनुपर्छ, यो पैसा हामीले कहाँबाट ल्याउने ? उपाध्यक्ष श्रेष्ठले प्रश्न गर्नुभयो ।

वि.सं.२०७७ माघ २२ बिहीवार १४:३७ मा प्रकाशित

You can share this post!

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:०२

सोल, १३ वैशाख : सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने...

यस्तो छ आज सुनचाँदीको भाउ

यस्तो छ आज सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:५४

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउमा गिरावट आएको...

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:४७

ढोरपाटन (बागलुङ), १३ वैशाख : बागलुङमा फागुन दोस्रो सातादेखि दर्जनौँ...

अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्वअर्थमन्त्रीसँग सुझाव, कसले के भने ?

अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्वअर्थमन्त्रीसँग सुझाव, कसले के भने ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:४१

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्ष २०८१/०८२...

मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु   

मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:३१

नवीन लामिछाने मनाङ, १३ वैशाखः विकट जिल्ला मनाङमा औषधीय जडीबुटी...

दलका कार्यसमितिको विवरण उपलब्ध गराइदिन निर्वाचन आयोगलाई शिक्षा मन्त्रालयको अनुरोध   

दलका कार्यसमितिको विवरण उपलब्ध गराइदिन निर्वाचन आयोगलाई शिक्षा मन्त्रालयको अनुरोध   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:२६

काठमाडौँ, १३ वैशाखः शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दलीय आबद्धता...