back
NMB ad

मुलुकबाट लोडसेडिङ अन्त्य भयो, अब विद्युत् निर्यात गरिन्छ : प्रधानमन्त्री ओली

Kumari bank ad

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कालीगण्डकी करिडोर-२२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत पर्वतको कुश्मादेखि म्याग्दीको दानासम्मको पहिलो खण्ड उद्घाटन गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले सोही आयोजनाअन्तर्गत कुश्मा नगरपालिका-२ खुर्कोटस्थित २२०/१३२ केभी र म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ दानास्थित २२०/१३२/३३ केभी सबस्टेसनको पनि उद्घाटन गर्नुभएको हो ।

ओलीले प्रसारण लाइन र दुई सबस्टेसनको बिहीबार काठमाडौंबाट भर्चुअल विधिमार्फत उद्घाटन गर्नुभएको हो ।

उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले मुलुकबाट लोडसेडिङ अन्त्य भई नेपाल विद्युत् निर्यात गर्ने अवस्थामा पुगेको बताउनुभयो । विद्युत् उत्पादन र प्रसारणतर्फका निर्माणाधीन आयोजनाहरु सम्पन्न भएपछि नेपाल छिमेकी देशहरुलाई विद्युत् बिक्री गरी आय आर्जन गर्न सक्षम हुने उहाँले बताउनुभयो ।

उर्जा जलस्रोत तथा सिंचाई मन्त्री टोप बहादुर रायमाझीले प्रसारण लाइनको पहिलो खण्ड निर्माण सम्पन्न भई संचालनमा आइसकेकाले अब दोस्रो खण्ड निर्माणमा केन्द्रीत हुन प्राधिकरणलाई निर्देशन दिनुभयो ।

कालीगण्डकी र यसका सहायक नदीहरुमा निर्माण हुने जलविद्युत आयोजनाहरुको विद्युत प्रवाहका लागि सरकार तथा प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा कालीगण्डकी करिडोर प्रसारण लाइनको निर्माण सुरु गरिएको हो । करिडोरको दोस्रो खण्डअन्तर्गत कुश्माबाट नवलपरासीको भुमही (न्यू बुटवल सबस्टेसन)सम्मको प्रसारण लाइनको निर्माण पनि भइरहेको छ ।

प्राधिकरणका कामु कार्यकारी निर्देशक शाक्यले कालीगण्डकी नदी बेसिनमा निर्माणधीन र आगामी दिनमा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत् प्रवाहका लागि प्रसारण लाइनको पूर्वाधार तयार भएको बताउनुभयो । उहाँले दोस्रो खण्डको निर्माणलाई पनि तिब्रता दिन हरसम्भव प्रयास भैरहेको उल्लेख गर्नुभयो ।

३९.६ किलोमिटर लम्बाइ भएको पहिलो खण्डको प्रसारण लाइनमा ११० वटा टावरहरु रहेका छन् । प्राधिकरणले सहायक कम्पनीमार्फत निर्माण गरिरहेको ४० मेगावाटको रघुगंगा जलविद्युत आयोजनाले निर्माण गर्ने ४ वटासहित यस खण्डमा ११४ वटा टावरहरु रहने छन् ।

दाना दाना सवस्टेशनमा ३३.३३ एमभीएका तीन वटा र १ वटा २५ एमभीएको एउटा पावर ट्रान्सफर्मरहरु जडान भएका छन् । खुर्कोट सवस्टेशनमा ३३.३३ एमभीएका तीन वटा गरी १००-१०० एमभीएका ट्रान्सफर्मरहरु जडान भएका छन् । यी सबस्टेसनहरुमार्फत त्यस क्षेत्रमा पनि विद्युत् वितरण गरिने छ ।

प्रधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयमार्फत अगाडि बढाइएको आयोजनाको पहिलो खण्ड र सबस्टेसनहरु निर्माणका लागि टाटा प्रोजेक्ट र चिन्ट इलेक्ट्रिक कम्पनीको संयुक्त उपक्रम (जेभी)सँग २ अर्ब ७४ करोड रुपैयाँमा २४ अप्रिल २०१६ मा ठेक्का सम्झौता भएको थियो । कम्पनीले ३० मे २०१६बाट निर्माण सुरु गरेको थियो । आयोजनाको परामर्शदाता पावर ग्रिड कर्पोरेसन अफ इन्डिया रहेको छ ।

वि.सं.२०७७ माघ २२ बिहीवार १५:४४ मा प्रकाशित

You can share this post!

प्रभु बैंकको नाफा १ अर्ब ८१ करोड, वितरणयोग्य नाफा कति ?

प्रभु बैंकको नाफा १ अर्ब ८१ करोड, वितरणयोग्य नाफा कति ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:१०

काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

२७.७० प्रतिशतले लक्ष्मी सनराइज बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

२७.७० प्रतिशतले लक्ष्मी सनराइज बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:००

काठमाडौं । लक्ष्मी सनराइज बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...

नौ महिनामा एनआईसी एशिया बैंकको नाफा १ अर्ब ९१ करोड, अन्य सूचक कस्ता ?

नौ महिनामा एनआईसी एशिया बैंकको नाफा १ अर्ब ९१ करोड, अन्य सूचक कस्ता ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०६:३४

काठमाडौं । एनआईसी एशिया बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...

आज ७ बैशाख २०८१ शुक्रवार, कुन राशिको कस्तो छ ?

आज ७ बैशाख २०८१ शुक्रवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०६:१९

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

वि.सं.२०८१ वैशाख ६ बिहीवार २१:१६

काठमाडौँ, ६ वैशाख : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ७०...

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

वि.सं.२०८१ वैशाख ६ बिहीवार २०:५२

काठमाडौँ, ६ वैशाख  : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को...