जगदम्बा मोटर्सले गर्याे डाउनलोड एन्ड विनको विजेता घोषणा

काठमाडौं । टीभीएस मोटरसाइकल तथा स्कुटरको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘डाउनलोड एन्ड विन’
अभियानको विजेता घोषणा गरेको छ । उक्त अभियानमा काठमाडौं कुसुन्तीका अनिल प्रधान विजेता बन्नुभएको छ ।

टिभीएसका स्टीकर डाउनलोड गरेर विजेता बन्नुभएको हो । प्रधानलाई कम्पनीका जनरल म्यानेजर–सेल्स एण्ड बिजनेस डेभलपमेन्टका दीपक प्रसाद रौनियारले ब्रान्ड न्यू टीभीएस जेष्ट स्कुटरको चाबी हस्तान्तरण गर्नु भएको छ ।

उक्त अभियान भाइवरसँगको सहकार्यमा १९ अक्टोवर २०२० देखि सुरु भएर तीन महिनासम्म चलेको थियो । यस अभियानमा ग्राहकहरुले भाइवरमा टिभीएस दशैंको आशा नामक स्टीकर डाउनलोड गरेर नयाँ टिभीएस जेष्ट स्कुटर सक्ने अवसर पाउनु भएकोथियो ।

आफ्नो ब्रान्डसँग सम्बद्ध ग्राहकहरुलाई डिजिटल रुपमा संलग्न गराउनुका साथै उनीहरुको जिवनमा रमाइलो र उत्साहप्रदानगर्न टिभीएससँग सहकार्य गरेकोमा राकेटुन भाइवर प्रतिआभारी रहेको भएको रौनियारले बताउनुभयो ।

२०७७ माघ २२ गते १७:२८ मा प्रकाशित

You can share this post!

मुलुकभर फोरजी सेवा विस्तार गरेर चालु आवमै फाइभ जीको परीक्षण गर्नु : मन्त्री गुरुङ

मुलुकभर फोरजी सेवा विस्तार गरेर चालु आवमै फाइभ जीको परीक्षण गर्नु : मन्त्री गुरुङ

Related posts