back
NMB ad

झण्डै दर्जन चुनौतीको चाङमा बीमा समितिका अध्यक्ष सिलवाल, कायम राख्लान कुशल प्रशासकको ट्याग ?

Kumari bank ad

काठमाडौं । बीमा समितिको अध्यक्षमा सूर्यप्रसाद सिलवाल नियुक्ती भएर बिहीबार अर्थ मन्त्रालयमा पद तथा गोपनियताको सपथ लिनु भएको छ । सपथका क्रममा उहाँले बीमा क्षेत्रको सुधारका लागि खरो रुपमा उत्रने र फास्ट ट्रयाकमा काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले तत्काल देखा परेका समस्या समाधान गर्दै नीतिगत क्षेत्रमा प्रवेश गर्ने बताउनुभयो ।

 

सिलवाल निर्णय क्षमतामा निक्कै अब्बल मानिनुहुन्छ । उहाँ गृह सचिव, उद्योग वाणिज्य सचिव हुँदा तथा भूमि सुधार मन्त्रालयमा हुँदा पनि निर्णय क्षमतामा अब्बल, कुशल प्रशासकको रुपमा चिनिनु भएको थियो । अहिले उहाँको लागि बीमा क्षेत्र निकै नैं नयाँ हो । उहाँको लागि बीमा क्षेत्र नयाँ भएकोले गर्दा केही चुनौतीलाई समाना गर्दै नयाँ काम गर्ने अवसर पनि जुटेको छ । अहिले बीमा क्षेत्रमा तथा बीमा समिति भित्र काम गर्नका लागि कैयन समस्या रहेका छन् ।

 

बीमा समितिको अहिलेको काम भनेको स्वायत्तता सहितको प्रस्तावित बीमा ऐन ल्याउन पहल गर्ने नै रहेको छ । यसअघि बीमा समिति अर्थ मन्त्रालयको महाशाखा जस्तो बनेको छ । समितिका अधिकारीलाई मन्त्रालयको सम्बन्धीत महाशाखा प्रमुखले पनि बेवास्ता गर्ने अवस्था सृजना भएको छ । यो बेलामा समितिलाई स्वतन्त्र र स्वायत्त बनाउने खालको ऐनको आवश्यक छ ।

त्यस्तै समितिमा दक्ष जनशक्तीको विषयमा पनि समय समयमा कुरा उठने गरेको छ । समिलते कर्मचारीलाई दक्ष बनाउँदै संस्थागत सुधारको काममा लाग्नु पर्ने बाध्यता रहेको छ । समिति भित्रै नै संस्थागत सुशासनको विषय समय समयमा उठने गरेको छ । समिति भित्रै संस्थागत सुशासन नहुँदा समितिले बीमा कम्पनीमा पनि यो लागु गर्न सकेको छैन ।

 

यसअघि बीमा समितिले स्वार्थको आधारमा बीमा कम्पनीलाई व्यवहार गर्ने, सम्बन्धको आधारमा समयमा नै काम गर्ने र रोक्ने प्रवृति देखिएको थियो । यसले काम गर्न समस्या भयो भन्ने कम्पनीहरुको पुरानै गुनासो हो । यो समस्या समाधानको लागि पनि शिवलावको काँधमा आएको छ । सबै कम्पनीलाई समान व्यवहार गर्नुपर्ने बाध्यता रहेको छ ।

 

समितिले बीमा ऐन २०४९ को दफा ८ को खण्ड (ङ) मा ‘बीमित हित रक्षाको लागि आवश्यक आधार तयार गरी बीमितहरुको हित रक्षा गर्नु’ भन्ने ब्यवस्था बमोजिम हाल कोरोना बीमाको बीमकहरुले तोकिएको समयमा दावी भुक्तानी नगरेको अवस्थालाई मध्येनजर गरी राज्यको तर्फबाट बीमा समितिले बीमालेखको शर्त तथा सुविधामा तोकिएको समयावधी भित्र यसअघि भूकम्पको दावीभुक्तानी जस्तै प्राथमिकतामा राखी बीमित तथा सर्वसाधारण प्रति बीमाको शाखलाई कायम राख्नुपर्ने बाध्यता छ ।

 

यसअघि कोरोनाको दाबी भुक्तानी गर्न अर्थ मन्त्रालयले समितिलाई पटक पटक निर्देशन दिएपनि त्यो कार्यान्वयन हुन सकेको छैन । बीमा समितिले महामारी बीमा ल्याएर कोरोना बीमा गराउन थालेपछि बीमा सबैले गर्नुपर्छ तर बीमा गरेपनि पैंसा समयमा नै पाईदैन भन्ने सबै नेपालीमा विश्वास जागेको छ । त्यो पनि चिर्नुपर्ने बाध्यता रहेको छ ।

 

बीमा क्षेत्रको विकास तथा विस्तारसँगै समितिको नियमनको दायरा र कार्यक्षेत्रमा विस्तार गर्नु पर्ने अहिलेको टड्कारो आवश्यकता रहेको छ ।
यस्तै बीमा ब्यवसायलाई ब्यवस्थित, विकसित, नियमित र नियन्त्रितगर्न बीमा समितिले बीमकहरुको नियमति तथा आकस्मिक स्थलगत र गैर स्थलगत निरीक्षणबाट प्राप्त प्रतिवेदनहरुमा औल्याइएका कैफियतहरुलाई कार्यान्वयन हुने गरेको छैन । त्यसलाई पनि कार्यान्वयन गर्नुपर्ने बाध्यता रहेको छ । बीमा समितिको हालको कार्यथलो अपुग भएको गुनासो रहको छ । त्यसको लागि भवन निमार्ण कार्यलाई अविलम्व सुरु गर्नुपर्ने काम रहेको छ ।

 

समितिको प्रादेशिक संरचनाको ब्यवस्था गरी आवश्यकपूर्वाधार तयार गर्न पहलगर्नु पर्ने । बीमा क्षेत्रको विकास तथा विस्तारको लागि अनुसन्धानमूलक कार्य गर्न पहलगर्नु पर्ने काम रहेको छ ।

 

यसअघिका अध्यक्ष चिरन्जीवी चापागाईले बीमा समितिमा राजनीतिको बिउ रोपेर निस्कनु भएको छ । त्यसलाई रोेकेर एक मात्रै कर्मचारी यूनियन पनि काम गर्नुपर्ने बाध्यता रहेको छ । अहिले समितिमा अध्यक्षको स्वार्थले दुई वटा कर्मचारी यूनियन रहेका छन् ।

 

यस्तै नयाँ पुनर्बीमा सहितका कम्पनी थपिने, निर्जीबन बीमा कम्पनी थपिने विषय पनि चर्चामा रहेको छ । ती विषय सबै मिलाएर समग्र बीमा क्षेत्रको शाख जोगाउने चुनौती सिलवालको काँधमा आएको छ ।

वि.सं.२०७७ माघ २३ शुक्रवार १२:३० मा प्रकाशित

You can share this post!

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२१

काठमाडौं । CFMOTO र ZEEHO व्राण्डका नेपालका लागि आधिकारिक वितरक,...

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:४१

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात्...

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:३३

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई...