back
NMB ad

नेपाल सहकारी बैंकको स्थापनामै राजनीति, बैंकको दर्ता प्रकृया सुरु

Kumari bank ad

काठमाडौं । प्रस्तावित नेपाल सहकारी बैंक स्थापना हुनु भन्दा अघिबाट नै राजनीति सुरु भएको छ ।

हाल रहेको राष्ट्रिय सहकारी बैंकमा कम्युनिष्ट बिचारधारा अंगाल्ने सञ्चालक बढी भएको भन्दै नेपाली काँग्रेसको बिचारधारा अंगाल्ने सहकारीकर्मीहरुले नेपाल सहकारी बैंक स्थापनामा जुटेका छन् । राष्ट्रिय सहकारी बैंक सञ्चालनमा राजनीति हाबी भएको भन्दै नयाँ बैंक आवश्यक ठानिएको तर्क अघि सारिएको छ ।

 

बैंक स्थापनाका लागि दर्ता प्रकृया सुरु हुनुपुर्व नै देशभरका करिब १ हजार सहकारी संस्था रहेको बैंक दर्तासंगै राष्ट्रिय सहकारी बैंकको एकाधिकार तोडिने दाबी गरिएको छ । सहकारी विभागमा बैंक दर्ताको लागि स्विकृत दिए लगत्तै राष्ट्र बैकले सहकारी क्षेत्र समेट्नेगरी दोस्रो सहकारी बैंक स्थापना गर्न अनुमति दिने दाबी गरिएको छ ।

 

आइतबार बैंक दर्ता प्रकृया पुरा गर्न विभाग पुग्नुभएका बैंकका प्रस्तावित अध्यक्ष सुरेन्द्र भण्डारीले राष्ट्रिय सहकारी बैंकले राष्ट्र बैंकबाट कारोबारका लागि अनुमति प्राप्त गर्न नसक्नु, नेपाल राष्ट्र बैकको ऐनमा सहकारी बैंक सम्बन्धी व्यवस्था गर्न नसक्नु, सहकारी संस्थालाई बचत तथा ऋणको कारोबार बाहेक अन्य सेवा उपलब्ध गराउन नसक्नुले नेपाल सहकारी बैंक आवश्यक भएको दाबी गर्नुभयो ।

 

उहाँले बिना धितो ठुलो ऋण रकम प्रवाह गर्नु, कुल कारोबारमा ५ प्रतिशत र सदस्य संख्यामा ३४ प्रतिशत मात्रै हिस्सा ओगटनु, राष्ट्रिय सहकारी बैंक सञ्चालनमा राजनीति हाबी हुनु, कर्जा लगानीमा विभेद गर्नु लगायतका कारणले नयाँ बैंकको आवश्यकता महसुस गरी दर्ता गरेको जानकारी दिनुभयो ।

विभागमा पुग्नु भएका भण्डारीले राष्ट्रिय सहकारी बैंक सञ्चालनमा राजनीति हाबी भएको दाबी गरेपनि अब आउने बैंकमा यस्तो नहुने तर्क गर्नुभयो । उहाँका अनुसार २५ सदस्यीय संचालन समिति र तीन सदस्यीय लेखा सुपरीवेक्षण समितिमा ४, ५ जना कम्युनिष्ट बिचारधारा राख्ने सदस्यपनि रहनु भएको छ ।

 

उहाँले आफु नेपाली काँग्रेस अन्तर्गत वित्तीय तथा सहकारी विभागको सचिव भएपनि आफुले खोल्ने बैंक कांग्रेसी बैंक हुन नदिने दाबी गर्नुभयो । ‘सुरेन्द्र भण्डारी व्यक्ति कांग्रेस भएपनि बैंकलाई त्यस्तो हुन दिन्न’ भण्डारीले अर्थतन्त्रसँग भन्नुभयो ‘अहिलेको बैंकमा पनि कांग्रेसका ४, ५ जना सदस्य हुनुहुन्छ ।’

 

भण्डारीका अनुसार सहकारी क्षेत्रको पुँजी परिचालन गर्न, सहकारी संस्थाका सदस्यलाई व्यवसायी बनाउन, सहकारीका उद्योग धन्दालाई ऋण परिचालन गर्न अहिलेको मात्रै नभएर ५ वटा बैंक आवश्यक पर्ने छ ।

 

अहिलेको बैंकले सहकारीको योजना अनुसार कर्जा प्रवाह गर्न नसकेको, संस्थालाई सुशासित बनाउन नसकेको, नेतृत्वदायी भूमिका नखेलेको र अहिलेको बैंकले १८ वर्षसम्म पनि लिने र दिने काम मात्रै गरेको अन्य काममा ध्यान दिन नसकेको उहाँको गुनासो छ । अहिले पनि सहकारीको ९५ प्रतिशत काम ठूला बैंकबाट नै भएको भन्दै त्यो काम सहकारी बैंकबाट गर्नुपर्ने भएकोले नयाँ बैंक आवश्यक भएको उहाँको तर्क छ ।

 

उहाँले प्रकृया शुरु भैसकेको अवस्थामा यसलाई अन्य कसैले रोक्न नसक्ने जिकीर गर्नुभयो । ‘आजबाट दर्ता प्रकृया सुरु भयो, अब कसैले रोक्न सक्दैन’ उहाँले भन्नुभयो ‘राष्ट्रिय सहकारी बैंकका केही अधिकारीले बैंकको दर्ता प्रकृया अघि बढ्न नदिन विभिन्न प्रपन्च अपनाएका थिए ।’

 

उहाँले सहकारी ऐन २०७४ र नियमावली २०७५ को आधारमा बैंक दर्ता प्रकृया अघि बढाइएको जानकारी गराउनुभयो । करिब एक वर्ष अघिदेखि प्रकृया शुरु गरेका थियौ अब दर्ता प्रकृया शुरु गर्ने जानकारी गराउनु भयो । उहाँले प्रारम्भीक भेलामा सातै प्रदेशका ४५ जिल्लाका सदस्य संस्था का एक हजार भन्दा बढी सदस्य सस्थाको फाइल विभागमा बुझाइएको जानकारी गराउनुभयो ।

 

विभागमा फाइल बुझाउने क्रममा नेपाली कांग्रेसको सहकारी विभाग प्रमुख एवं पु्र्व मन्त्री आनन्द ढुंगाना, सहकारी विकास बोर्डका सहअध्यक्ष पुष्प पौडेलसहितको सहभागिता रहेको थियो ।

 

प्रस्तावित बैंकका अध्यक्ष सुरेन्द्र भण्डारीले सम्पुर्ण कागजातसहित प्रकृया पुरागरी बैंक दर्तागर्न ५ सय ६९ फाइल विभागका रजिष्टार टोकराज पाण्डेलाई हस्तान्तरण गर्नुभयो ।

 

फाइल बुझ्दै रजिष्ट्रार पाण्डेले सहकारी ऐन र नियमले तोके बमोजिम प्रकृया अघिबढाउने जानकारी दिनुभयो । उहाँले भन्नुभयो ‘विधिबत रुपमा फाइल बुझेका छौ, अपुग भएमा फेरी कागजात मागेर प्रकृया थाल्नेछौ ।’ उहाँले दर्ता प्रकृयामा विभागले सहयोग गर्ने बताउनुभयो ।

 

बैंक दर्ताको लागि ५ सय १ फाइल आवश्यक पर्नेमा ५ सय ६ फाइल तयार गरी विभागमा पेश गरिएको थियो । दर्ताका लागि ९ सय ७५ फाइल तयार भएका थिए । बैंक स्थापना गर्न ३ अर्ब पुँजी आवश्यक पर्नेमा ८ अर्ब पुँजी तयार भएको प्रस्ताबित बैकका अध्यक्ष सुरेन्द्र भण्डारीले जानकारी गराउनुभयो ।

 

उहाँले आजबाट बिधिवत रुपमा बैंक दर्ता प्रकृया अघि बढेको जानकारी दिनुभयो । ‘विभागले फाइल अध्ययन गरी प्रकृया शुरु गर्नेछ । बैंक दर्ताको लागि सहकारी महासंघले सहमति दिनुपर्नेछ’ उहाँले भन्नुभयो ‘ऐन अनुसार बैंकको स्वीकृति नेपाल राष्ट्र बैकले दिनेछ ।’

 

माघ १७ गते राजधानीमा सम्पन्न भएको प्रारम्भिक भेलाले सम्पुर्ण प्रकृया पुरा गरी दर्ता प्रकृया अघि बढाएको थियो । भेला लगत्तै ललितपुरका सुरेन्द्र भण्डारीको अध्यक्षतामा २५ सदस्यीय संचालन समिति र तीन सदस्यीय लेखा सुपरीवेक्षण समिति चयन गरिसकेको छ ।

 

भण्डारीले अब बैंक सञ्चालन प्रकृया अघि बढिसकेको प्रतिक्रिया दिनुभयो । प्रस्ताबित बैकको बैठकले बिहीबार २५ सदस्यीय सञ्चालक र ३ सदस्यीय लेखा सुपरीवेक्षण समिति गठन गरेको थियो ।

 

प्रस्ताबित बैकको सञ्चालक समितिमा झापाबाट दुर्गाप्रसाद सापकोटा, सर्लाहीबाट नागेन्द्र कुमार, पर्साबाट राजेन्द्रप्रसाद जयसवाल र विनोद कुमार दत्त, भक्तपुरबाट विदुर मान सिं बस्नेत, चितवनबाट दिनेश चुके, गोरखाबाट हरिमान अधिकारी, कास्कीबाट ध्रुवराज पौडेल, स्याङ्जाबाट केशव प्रसाद लम्साल, बाँकेबाट ललित पहाडी, सुर्खेतबाट पदम दाहाल, कैलालीबाट तुलसा देवकोटा र काभ्रेबाट गिता सिग्देल दाहाल सदस्यमा चयन हुनुभएको छ ।

 

काठमाडौंबाट शम्भुप्रसाद घिमिरे, राममान सिंह महर्जन, पुष्पबहादुर पौडेल, सिताराम काफ्ले, राजाराम बुढाथोकी, डा. ज्ञानेन्द्रप्रसाद पौडेल र दिलिप पौडेल सदस्य रहनुभएको छ । यसैगरी ललितपुर जिल्लाबाट माधव दुलाल, सरदकुमार महर्जन, शशि खड्का र विनोद डंगोलले समितिमा प्रतिनिधित्व गर्नुभएको छ । भेलाले काठमाडौंका कृष्ण मगरको संयोजकत्वमा तीन सदस्यीय लेखा सुपरीवेक्षण समिति गठन गरिसकेको छ ।

वि.सं.२०७७ माघ २५ आइतवार १८:२८ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...