राधी विद्युत कम्पनीले सेयरधनीलाई बनायो निरास

काठमाडौं । राधी विद्युत कम्पनीले सेयरधनीहरुलाई निरास बनाएको छ । कम्पनीले यो वर्ष लगानीकर्ताहरुलाई लाभांश नदिने भएको छ ।
कम्पनीको बार्षिक साधारणसभा फागुन १९ गते हुँदैछ ।

 

साधारणसभामा आर्थिक वर्ष २०७५/०७६ को बार्षिक प्रतिवेदनमा छलफल गर्ने, उक्त आवको नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरणमा छलफल गर्ने, लेखा परिक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव रहेको छ । साथै कम्पनीको प्रबन्धपत्र र नियमावली संशोधन गर्ने प्रस्ताव पनि रहेको छ ।

 

यो पटक भने कम्पनीले लगानीकर्तालाई लाभांश नदिने भएको छ । उक्त साधारणसभाको लागि फागुन ५ देखि १९गतेसम्म सेयरधनी दर्ता पुस्तिका बन्द (बुक क्लोज) गर्ने जनाएको छ ।

२०७७ माघ २७ गते १०:३० मा प्रकाशित

You can share this post!

महासंघको उद्योग समितिले उद्योग विभागलाई दियो ८ बुँदे सुझाव

महासंघको उद्योग समितिले उद्योग विभागलाई दियो ८ बुँदे सुझाव

Related posts