बैंक तथा वित्तीय संस्थाको निक्षेप ९.२ % ले बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको ६ महनिामा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ९.२ प्रतिशतले बढेको छ ।

 

अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ६.२ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप २२.० प्रतिशतले बढेको छ । पुसमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ८.५ प्रतिशत, ३३.६ प्रतिशत र ४९.२ प्रतिशत रहेको छ ।

 

अघिल्लो वर्ष यस्तो अंश क्रमशः ८.५ प्रतिशत, ३१.९ प्रतिशत र ४९.२ प्रतिशत रहेको थियो । पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४२.५ प्रतिशत रहेको छ । गत पुस मसान्तमा यस्तो निक्षेपको अंश ४५.१ प्रतिशत रहेको थियो ।

२०७७ माघ २७ गते ११:०६ मा प्रकाशित

You can share this post!

इन्फिनिटी लघुवित्तले नेपाल एग्रो लघुवित्तलाई एक्विजिशन गर्ने

इन्फिनिटी लघुवित्तले नेपाल एग्रो लघुवित्तलाई एक्विजिशन गर्ने

Related posts