काठमाडौं । सनराइज बैंकले नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) पाएको छ । बुधवार बसेको संचालक समितिको बैठकले सुमन शर्मालाई सीईओमा नियुक्त गरेको छ ।
बैंकिङ क्षेत्रमा ३ दशकल लामो अनुभन भएका शर्मालाई अब चार वर्षका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । सनराइज बैंकको सीईओ जनकशर्मा पौड्यालले मंगलबारमात्रै पदबाट राजीनामा दिनुभएको थियो ।
बैंकर शर्मासँग ग्लोबल आइएमइ बैंक, माछापुच्छ्रे, एनएमबि बैंक लगायतमा काम गरेको अनुभव छ ।
वि.सं.२०७७ माघ २८ बुधवार १३:२८ मा प्रकाशित