मध्यपहाडी लोकमार्गले पूर्वीपहाड र काठमाडौँलाई नजिक बनायो : उपाध्यक्ष कँडेल

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा. पुष्पराज कँडेलले मध्यपहाडी लोकमार्गले पूर्वी पहाड र काठमाडौँलाई नजिक बनाएको बताउनभुएको छ ।

विकास निर्माणको अवस्था अध्ययन तथा अवलोकन गर्न खोटाङ आएको अवसरमा बुधबार दिक्तेल बजारमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले पुष्पलाल मध्यपहाडी लोकमार्गले धनकुटाबाट पहाडै–पहाड एकै दिनमा काठमाडौँ आउजाउ गर्ने वातावरण बनेको बताउनुभयो ।

उपाध्यक्ष कँडेलले खोटाङको ६३५ मेगावाटको दूधकोशी जलाशययुक्त आयोजना, बङ्शिलाघाट–दिक्तेल–ऐसेलुखर्क सडक कालोपत्र, दिक्तेलबजारको सडक ढलान, घुर्मी–चतरा सडकलगायतका आयोजनालाई सरकारले प्राथमिकतामा राखेको जानकारी दिनुभयो ।

उहाँले जिल्लामा सञ्चालन हुने विकास निर्माणका कामलाई प्रभावकारी बनाउन जिल्लावासीको पनि उत्तिकै भूमिका हुने भएकाले सहयोग गर्न आग्रह गर्नुभयो ।

२०७७ माघ २९ गते ०९:४९ मा प्रकाशित

You can share this post!

आकर्षक अवसरसहित यस्ता छन् एनआईसी एशिया बैंकको 'भ्यालेनटाइन डे' विशेष योजना

आकर्षक अवसरसहित यस्ता छन् एनआईसी एशिया बैंकको 'भ्यालेनटाइन डे' विशेष योजना

Related posts