back
NMB ad

रेडमी ९ पावर सार्वजनिक, कति पर्छ मूल्य ?

Kumari bank ad

काठमाडौं । शाओमी, विश्वव्यापी टेक्नोलोजी लिडरले नेपालमा रेडमी नोट सीरीज स्मार्टफोनको नवौं पुस्तामा रेडमी ९ पावरलाई भित्र्याएको छ ।

यो फोनमा ६ हजार एमएएच ब्याट्री रहेको छ । एकपटक चार्ज गर्दा एक दिन भन्दा बढिसम्म टिक्छ । यसका साथै, यो ४८ एमपी क्वाड क्यामेरा सेट अप, अक्टा–कोर क्वालकम स्नैपड्रैगन ६६२ प्रोसेसर र ६.५३ इन्च एफएचडी प्लस डिस्प्लेको साथ उपलब्ध रहेको छ ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीका अनुसार रेडमी ९ पावरको सार्वजनिकसंगै, उपभोक्ताले उनीहरूको आवश्यकतामा कुनै सम्झौता नहोस भनेर फोनको साथ ६ हजार एमएएच ब्याट्री समेत ल्याईएको छ । जसले लामो दूरी तय गर्न सजिलो बनाउँदै एकपटक चार्ज गरेर दिनभर टिक्ने ब्याट्री पनि रहेको छ । पूर्ण एचडी प्लस डिस्प्ले भएको यो पावर प्याक्ड उपकरण मी फ्यानहरूको पहिलो रोजाई हुनेछ ।

क्यामेराः
रेडमी ९ पावर ४८ एमपी क्वाड क्यामेरा सेट अप रहेको छ । यसमा ४८ एमपी सामसङ्ग जीएम १ सेन्सर र १२० डिग्री फिल्ड अफ भ्यू भएको ८ एमपी अल्ट्रा वाइड क्यामेरा रहेको छ । साथै, यसमा २ एमपी म्याक्रो क्यामेरा र २ एमपी डेप्थ सेन्सर रहेको छ जसले धेरै रोमाञ्चक फोटोग्राफी मोडहरू प्रदान गर्दछ । मीयूआई १२ ले क्यामेरा एपलिकेशनमा क्यामेराको प्राचुर्य विशेषताहरु जस्तै मुभि फ्रेम, टाइम ल्याप्स्, नाइट मोड र कलर फोकस सक्षम गर्दछ । ८ एमपी फ्रन्ट क्यामेराले सेल्फी र भिडियो कलिंगको ख्याल राख्छ ।

ब्याट्रीः
नेपाली प्रयोगकर्ताहरुको लागि विशेष रूपमा बनाइएको, रेडमी ९ पावरले एक चार्जमा २ दिनसम्म प्रयोग गर्न सकिने विशाल ६ हजार एमएएच ब्याट्री सुविधा प्रदान गर्दछ । ६ हजार एमएएच ब्याट्रीले ४ जी नेटवर्कमा ६९५ घण्टा सम्मको स्ट्यान्डबाइ सक्षम गर्दछ । यो उपकरणमा प्रयोग गरिएको विशेष ऐलांइले ब्याट्री क्षमतामा भएको वृद्धिले स्मार्टफोनको तौललाई बढाउँदैन भनेर सुनिश्चित गर्दछ । रेडमी ९ पावर १८ वाट्ट फास्ट चार्जिंगको साथ आउँदछ जसले ३० मिनेट चार्जिंगमा १४ घण्टा भिडियो कलिंग प्रदान गर्दछ ।
उच्च गुणस्तरको साथ, रेडमी फोनहरू अब धेरै लामो समय सम्म टिक्छ । रेडमी ९ पावर ईएलबी (एन्हांस्ड लाइफस्पैन ब्याट्री) टेक्नोलोजीको साथ आउँदछ जसको ३ वर्षको ब्याट्री जीवन रहेको छ ।

डिजाईनः
रेडमी ९ पावरले नयाँ औरा पावर डिजाईन फिचर गर्दछ । ठूलो ६.५३ इन्च फुल एचडी प्लस डिस्प्लेले उत्कृष्ट इमेज गुणवत्ता र एक असाधारण समग्र भ्यूइंग अनुभव प्रदान गर्दछ ।

डिस्प्ले एक टीयूभी रेनल्याण्ड लो ब्लू लाइट प्रमाणीकरणको साथ आउँछ । रेडमी ९ पावरको पछाडि फिंगरप्रिन्ट प्रतिरोधी टेक्चर छ । साइड माउन्ट गरिएको फिंगरप्रिन्ट सेन्सर र मी फेस अनलकले सुरक्षाको ख्याल राखेको छ । यसका पूर्ववर्तीहरू जस्तै, रेडमी ९ पावरले डुअल फोरजी स्ट्यान्डबाई सिम कार्ड र डेडिकेटेड माइक्रोएसडी कार्ड स्लट समर्थन गर्दछ, र ३.५ एमएम हेडफोन ज्याकको साथ आउँदछ ।

पर्फमेनश र स्टोरेज:
रेडमी ९ पावरमा ४ जीबी र्याम र ६४ जीबी यूएफएस तथा ४जीबी र्याम र १२८ जीबी यूएफएस रहेको छ । डेडिकेटड माइक्रोएसडी कार्ड स्लटलाई ५१२ जीबीसम्म बढाउन मिल्छ । रेडमी ९ पावरको फ्रन्टमा स्क्र्याचबाट जोगाउन कर्निंग गोरिल्ला ग्लास ३ रहेको छ । रबराइज्ड पोर्टको साथ स्प्ल्याश प्रतिरोधी कोटिंगले दुर्घटनात्मक स्पिलबाट बचाउँछ । स्मार्टफोनको दीर्घायु कोरोशन प्रतिरोधक पोर्टहरू द्वारा सुनिश्चित गरिएको छ ।

 

यो फोन माईटी ब्ल्याक, ब्लेजिंग ब्लू, फाएरी रेड र इलेक्ट्रिक ग्रीन मा उपलब्ध हुनेछ । यो अनलाइन र अफलाईन स्टोरहरूमा माघ २८ गतेदेखि उपलब्ध भएको छ । ४ जीबी र ६४ जीबी भरियन्टको मूल्य १८ हजार ९९९ रुपैयाँरहेको छ भने ४ जीबी र १२८ जीबी भरियन्टको मूल्य २० हजार ९९९ रुपैयाँ रहेको छ ।

वि.सं.२०७७ माघ २९ बिहीवार १०:५५ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...