काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ घटेको छ । आज छापावाला सुनको भाउ प्रतितोला ४ सय रुपैँयाले घटेको हो ।
अघिल्लो दिन प्रतितोला ९१ हजार ९ सयमा कारोबार भएको सुनको भाउ आज ९१ हजार ५ सय रुपैँया कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, तेजावी सुनको मूल्य पनि आज घटेको छ । अघिल्लो दिन ९१ हजार ४ सय रुपैँया कारोबार भएको थियो । आज भने ९१ हजार रुपैँया कायम गरिएको महासंले जनाएको छ ।
त्यसैगरि चाँदीको मूल्यमा पनि गिरावाट आएको छ । अघिल्लो दिन १३ सय ४० मा कारोबार भएको चाँदीको भाउ आज घटेर १३ सय १५ कायम गरिएको महासंघले जनाएको छ ।
वि.सं.२०७७ माघ २९ बिहीवार ११:०७ मा प्रकाशित