काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट लाभांश वितरण नगर्ने भएको छ । एक सूचना निकाल्दै कम्पनीले यस वर्ष लाभांश वितरण नगर्ने निर्णय भएको जानकारी गराएको छ ।
कम्पनीको माघ २८ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ०७६/७७ को मुनाफाबाट शेयरधनीहरुहरुलाई लाभांश वितरण नगरी सञ्चित कोषमा नै राख्ने निर्णय गरेको हो ।
वि.सं.२०७७ माघ २९ बिहीवार ११:४४ मा प्रकाशित