back
NMB ad

कोरोनाले सिथिल बनेको पर्यटन क्षेत्रलाई चलायमान बनाउनु मेरो प्राथमिकताः बोर्ड सदस्य चन्द्र रिजाल

Kumari bank ad

काठमाडौं । पर्यटन बोर्ड भनेको सरकारसँग प्रत्यक्ष रुपमा सहकार्य गर्ने पर्यटन व्यवसायीको महत्वपूर्ण निकाय हो । बोर्ड पब्लिक, प्राइभेट, पार्टरसिप (पीपीपी) मोडलमा अघि बढेको छ । यसले सिंगो पर्यटन क्षेत्रलाई दिशानिर्देश गर्ने, मार्गनिर्देश गर्ने काम गरिरहेको छ ।

 

यसले नीजि क्षेत्र, सरकारी विभिन्न निकायका अधिकारीहरुसँगको समन्वयमा काम गरिरहेको छ । बोर्ड सिंगो पर्यटन क्षेत्रको बारेमा नीति निर्माणमा सघाउने, त्यसलाई कार्यान्वयन गर्न सघाउने निकाय पनि हो । यसले नीजि क्षेत्रलाई पनि चलायमान बनाउन निकै नै सहयोग गर्छ । हामी नीजि क्षेत्रबाट प्रतिनिधित्व गर्छौ । बोर्डमा नीजि क्षेत्रको बहुमत रहेको छ ।

सरकारलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पर्यटनसँग सम्बन्धित हरेक काममा अग्रसर गराउने र नेतृत्वदायी भूमिका निर्वाह गर्ने/गराउने काम नै प्राथमिकतामा रहेको हुन्छ । यसमा हामीले पनि नेतृत्व लिनुपर्छ र सरकारलाई पनि नेतृत्व लिएर काम गर्न अग्रसर गराउने हाम्रो काम हुनेछ । दुवै पक्षलाई समान रुपमा अघि बढाउन बोर्डको भूमिका महत्वपूर्ण हुन्छ ।

यसअघिको भूकम्प, कोरोना, यसअघिका नीति नियमका कारण नेपालमा जति पर्यटन आउनु पर्ने हो आउन सकेका छैनन् । त्यसको लागि सरकार र नीजि क्षेत्रले जति काम गर्नुपर्ने हो त्यो गर्न सकेको छैन । त्यो काम गराउने अबको हाम्रो दायित्व हुनेछ । अब हामीले पर्यटकको नयाँ नयाँ गन्तव्यको पहिचान गराउने काममा लाग्नुपर्ने बेला भएको छ ।

अहिले आन्तरिक पर्यटकको प्रचुर सम्भावना रहेको छ । त्यसलाई हामीले माइक्रोम्यानेजमेन्टमा व्यवस्थापन गर्न सकेका छैनौ । कोरोनापछि अन्तर्राष्ट्रिय पर्यटकले मात्रै सिंगो पर्यटक बजार नचल्ने देखिएको छ । त्यसकारण हामीले आन्तरिक पर्यटकलाई व्यवस्थित बनाउने काममा दत्तचित्त भएर लाग्नुपर्ने छ ।

पर्यटन बोर्डको ऐन पुरानो ढाँचामा छ । अहिले हामी संघिय संरचनामा गइसकेका छौं । हामी अब संघीय संरचनाको आधारमा बोर्डलाई पुनसंरचना गर्न चाहन्छौं । यसमा हामीले काम गर्नुपने छ । अहिलेको महत्वपूर्ण काम पनि यही हो ।

पर्यटन बोर्डमा अनियमितता भयो भनेर हामीले आन्दोलन गर्यौ । यसअघि आर्थिक अनियमितता भयो भनेर धेरै लडियो । अब हामीले अन्य क्षेत्रको जस्तै आर्थिक पारदर्शितालाई बढी प्राथमिकतामा राखेर काम गर्नुपर्ने बाध्यता रहेको छ । यसमा हाम्रो अधिकतम ध्यान जानेछ ।

लामो समयदेखि पर्यटन बोर्ड र टानबीचमा टिम्सको बिबाद रहेको छ । यो विवाद अब सदैका लागि निरुपण गर्नुपर्ने छ । त्यसमा केन्द्रित रहेर काम गर्नेछौं । अब सधैै व्यवसायी र बोर्ड, टान र बोर्डकोबीच भइरहने विवाद सधंैका लागि अन्त्य हुनेछ । आगामी दिनमा यसको अन्त्य गर्नुको बिकल्प छैन । अब बोर्ड र व्यवसायीबीचमा सुमधुर सम्बन्ध कायम राख्दै अघि बढ्ने वाताबरण तयार हुने छ ।

सरकारको आर्थिक वर्ष २०७७÷०७८ को बजेटमा व्यवसाय पुर्नजागरण गर्न सरकारले प्रदान गरेको विद्युत डिमान्ड शुल्क र महशुल शुल्कमा उत्पादनमूलक उद्योगलाई छुट तथा सहुलियत प्रदान गर्ने भनेको छ । राष्ट्र बैंकले समेत पर्यटन क्षेत्रलाई अतिप्रभावित क्षेत्रको रुपमा घोषणा गरिसकेको छ । तर यसमा पर्यटन व्यवसायीले अपेक्षा अनुसार छुट पाउन सकेका छैनन् ।

लोन, सफ्ट लोन, अन्य लोनका विषयमा, कोरोनाले पारेको अन्य क्षतिको विषयमा पनि काम हुने छ । कोरोनाले थिलथिलो बनाएको पर्यटन क्षेत्रलाई हामीले नेतृत्वदायी भूमिका निर्वाह गरेपछि यावत समस्या समाधानका लागि काम गर्नेछौं ।

त्यतीमात्रै नभएर यो क्षेत्रसँग जोडिएका टुर गाईड, मजदुर सबैको समस्या समाधानको लागि मन्त्रालयलाई उत्प्रेरित गर्नेकाम हामीबाट हुने छ । यी सबै काम हामीले पर्यटन बोर्डको क्षमताले भ्याएसम्म गर्ने छौं । बोर्डको क्षमताले नभ्याउने कामका लागि हामीले नेतृत्वदायी भूमिका निर्वाह गर्दै मन्त्रालयसम्म जाने र त्यसलाई कार्यान्वयन गर्नेमा हामी अग्रसर हुने छौं ।

(नेपाल पर्यटन बोर्ड सञ्चालक समितिका सदस्य चन्द्र रिजालसँगको कुराकानीमा आधारित)

वि.सं.२०७७ माघ ३० शुक्रवार १२:३५ मा प्रकाशित

You can share this post!

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:३९

काठमाडौँ, १३ वैशाख: काठमाडौँ महानगरपालिकाले संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी...

मनमोहन अधिकारीको २५औँ स्मृति दिवस सन्दर्भ: राजनेता मनमोहन अधिकारीलाई सम्झिँदा   

मनमोहन अधिकारीको २५औँ स्मृति दिवस सन्दर्भ: राजनेता मनमोहन अधिकारीलाई सम्झिँदा   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:३२

काठमाडौँ, १३ वैशाख : मनमोहन अधिकारी नेपालको कम्युनिष्ट पार्टीभन्दा पनि...

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:१९

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...