back
NMB ad

सूचीकृत संस्थालाई धितोपत्र बोर्डको ११ बुँदे निर्देशन, फागुन मसान्तबाट अनुगमन हुने

Kumari bank ad

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सूचीकृत संगठित संस्थालाई ११ बुँदे निर्देशन दिएको छ । बोर्डले दिएको निर्देशन फागुन मसान्तबाट लागु हुने छ । बोर्डले दिएको निर्देशन पालना नगर्ने संस्थालाई धितोपत्र सम्बन्धी ऐन-२०६३ को दफा १०१ बमोजिम कारबाही तथा दण्ड जरिवाना हुने बोर्डले जनाएको छ ।

 

सबै संस्थाले धितोपत्रमा लगानी गर्ने लगानीकर्ताहरुलाई संगठित संस्थाको सञ्चालक तथा वित्तीय अवस्थाको बारेमा सुसुचित गराउन, अध्ययन तथा अनुसन्धानमा सहजता ल्याउन, सुसुचित भएर लगानी गर्न र पुँजीबजारलाई स्वच्छ र प्रभावकारी बनाउन धितोपत्र ऐन २०६३ को दफा ८७ ले दिएको अधिकारी प्रयोग गरी उक्त निर्देशन दिएको बोर्डको भनाइ छ ।

 

निर्देशनमा संगठित संस्थाहरुले आफ्नो वेवसाइटमा संस्थाको परिचय, सञ्चालक समिति, व्यवस्थापन समिति, गुनासो सुन्ने अधिकारी, अनुपालन अधिकारी र कम्पनी सचिवको नाम, फोन नम्बर दुरुस्त राख्न भनेको छ ।

 

संस्थाले धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को नियम २६ को उपनियम (१) बमोजिम प्रत्येक तीन महिनाको अनुसूची-१ मा उल्लेखित विवरणहरु उक्त त्रैमासिक अवधि समाप्त भएको तीनदिनभित्र बोर्ड समक्ष पेश गर्ने र त्यस्तो प्रतिवेदन दैनिक पत्रिका र वेवसाइटमा पनि राख्न भनेको छ ।

 

संस्थाले धितोपत्रबो बजार मूल्यमा असर पार्न सकने सूचना धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को अनुसूची-१६ मा उल्लेखित कुनै घटना वा कारोबार भएमा त्यस्तो विषयको सूचना तत्काल धितोपत्र बजारमा दिई आफ्नो वेवसाइटमा राखी बोर्डमा विद्युतीय माध्यमबाट जानकारी गराउन निर्देशन दिएको छ ।

 

बोर्डको निर्देशनमा आफ्नो वेवसाइटमा संस्थाको पछिल्लो ५ वर्षको प्रमुख वित्तीय परिसुचकहरु (संस्थाको पुँजी, बार्षिक आम्दानी, खर्च, जगेडा कोष, प्रतिसेयर आम्दानी, मूल्य आम्दानी अनुपात, प्रति सेयर नेटवर्थ र लाभांश) लगायतका विवरणहरुको चार्ट सहितको प्रोफाइल बनाइ वेवसाइटमा राख्न भनेको छ ।

वि.सं.२०७७ फागुन ६ बिहीवार १३:४० मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...