अशोक लेलैण्डद्वारा एकैसाथ १० वटा बसहरूको च्यासिस हस्तान्तरण

काठमाडौं । आइएमई ग्रुपअन्तर्गत संचालितआइएमई मोटर्स प्रा. लिद्धारा प्रवर्द्धित अशोक लेलैण्डले Viking 222 मोडल बसका ग्राहकहरुलार्ई च्यासिसहरु हस्तान्तरण गरेको छ ।

एक कार्यक्रमकाबीच व्यावसायिक भ्रमणका लागि नेपालआउनु भएका प्रेसिडेन्ट इन्टरनेश्नलअपरेशन संजय सारस्वतर सार्क राष्ट्रका रिजनलम्यानेजर तन्मय मित्रबाट संयूक्त रूपमाउक्त च्यासिसहरू हस्तान्तरण गरिएको हो ।


कार्यक्रममा प्रेसिडेन्ट संजय सारस्वतले १० वटा बस एकैसाथ हस्तान्तरण गर्न पाउँदा खुशी व्यक्त गर्नुभयो । उहाँले आफ्ना ग्राहकहरुसँग प्रत्यक्ष अन्तरक्रियागर्न पाउनु कम्पनीका लागि अर्को महत्त्वपूर्ण प्रगती भएको बताउनुभयो ।

उहाँले नेपालमा Viking 222 को बजारलाई अझै विकास गर्दै आक्रमक बनाउन सहयोग गरेकोमा धन्यवाद दिँदै आगामी दिनहरुमा अझै बढीप्रवद्र्घन गर्नका लागि अनुरोध समेत गर्नुभयो ।

Viking 222  रुट बसमा चल्ने बस मध्ये सबैभन्दा धेरै रुचाईएको बस हो । यसमाइनलाईन फ्युलपम्पहुनुका साथै एचसिरिज इन्जिन रहेको छ । जस्ले गर्दा इन्धन कम खपत हुन्छ । साथै सबैभन्दा कम मर्मत खर्च लाग्छ । Viking 222 मा ओभर ड्राईभ गियर बक्सले कामगर्ने भएको हुँुदा १८० एचपीइन्जिनको साथमा द्रुत गतिको आरामदायी यात्रा गर्न सकिन्छ ।

रियर एर सस्पेन्शन, डाईरेक्ट ड्राइभ एसी, इनलाईन फ्युलपम्प साथै धेरै माइलेजले गर्दा यो गाडी अरु गाडीभन्दा फरक र बिश्वासिलो रहेको छ।नेपालमा हरेक लामो दुरी रुटमा ख्क्ष्प्क्ष्ल्न् गाडीहरु चल्दै आएका छन् ।

अत्याधिक माग अनुसार कम्पनीले ग्राहकवर्गहरुलाई बिशेष सेवा प्रदान गर्दै आएको छ । आफ्ना १३ ओटा सर्भिस नेटवर्कबाट सर्भिस लिन सकिने हुँदा सजिलै पार्टस र सुविधा पाउन सकिने कम्पनीले जनाएको छ ।

२०७७ फागुुण ६ गते १६:२६ मा प्रकाशित

You can share this post!

भारत सरकारको अनुदानः साढे २६ करोडमा बन्दै श्री कान्ति भैरव मावी

भारत सरकारको अनुदानः साढे २६ करोडमा बन्दै श्री कान्ति भैरव मावी

Related posts