काठमाडौं । पिपुल्स हाइड्रोपावरको वार्षिक साधारणसभाका लागि मिति तय गरेको छ ।
बिहीवार बसेको संचालक समितिको बैठकले आर्थिक २०७६/७७ को वार्षिक साधारणसभा फागुन २९ गते गर्ने निणर्य गरेको हो । जुम मार्फत हुने सभा इन्द्रेणी बैंक्वट, नयाँ बानेश्वरमा विहान ११ बजे आयोजना गरिएको कम्पनीले जनाएको छ ।
सभाले आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नेछ छ । त्यस्तै आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्नेछ ।
कम्पनीको अधिकृत पूँजी वृद्धिका लागि प्रबन्धपत्रको दफा ६ (क) मा संशोधन गर्ने प्रस्ताव पारित गरिने बताइएको छ ।
वि.सं.२०७७ फागुन ७ शुक्रवार १२:११ मा प्रकाशित