एनएफआरएस प्रणाली अनुसार वित्तीय अवस्था प्रकाशित गर्न जीवन बीमा कम्पनीलाई समितिको निर्देशन

काठमाडौं । बीमा समितिले जीवन बीमा कम्पनीहरुलाई वित्तीय अवस्था सार्वजनिक गर्दा नेपाल फाइनान्सियल रिपोट्रिङ स्टयान्डर्ड (एनएफआरएस) प्रणाली अनुसार गर्न निर्देशन दिएको छ ।

 

समितिले सबै जीवन बीमा कम्पनीहरुलाई चालु आवको तेस्रो त्रैमासपछिको सबै वित्तीय अवस्था एनएफआरएस प्रणाली अनुसार नै प्रकाशित गर्न भनेको हो ।

समितिले जीवन बीमा व्यवसाय गर्ने बीमकहरुको एनएफआरएसमा आधारित वित्तीय विवरण सम्बन्धी निर्देशन, २०७७ जारी गरिसकेको छ । उक्त निर्देशिकामा भएको व्यवस्था अनुसार वित्तीय अवस्था प्रकाशित गर्न समितिले कम्पनीहरुलाई निर्देशन दिएको छ ।

२०७७ फागुुण ९ गते १८:३६ मा प्रकाशित

You can share this post!

सरकारले १० अर्बको विकास ऋणपत्र जारी गर्ने, कसले पाँउछन लगानी गर्न ?

सरकारले १० अर्बको विकास ऋणपत्र जारी गर्ने, कसले पाँउछन लगानी गर्न ?

Related posts