back
NMB ad

सरकारलाई पर्यटन व्यवसायीको चेतावनी, तत्काल माग सम्बोधन नगरे आन्दोलनमा जाने

Kumari bank ad

काठमाडौं । पर्यटन क्षेत्रसँग सम्बन्धित संघ-संस्थाहरुले कोरोना महामारीपछि व्यवसायीले भोगेको समस्यालाई सरकारले तत्काल सम्बोधन नगरे कडा आन्दोलनमा जाने चेतावनी दिएका छन् ।

 

सोमबार पत्रकार सम्मेलनगरी पर्यटनसँग सम्बन्धित विभिन्न ३ दर्जनबढी संघ-संस्थाहरुले कोरोना महामारीबाट पर्यटन व्यवसायीहरुलाई परेको समस्या समाधानका लागि बारम्बार आग्रह गर्दा पनि सरकार र सरकारी निकायले बेवस्ता गरेको भन्दै यस्तो चेतावनी दिएका हुन् ।
नेपालको पर्वतीय पर्यटनसहित समग्र पर्यटन उद्योग नै धरासायी भएकाले यसको सम्बोधन, उचित व्यवस्थापनका लागि सरकारसमक्ष लिखित र मौखिक रुपमा अनुरोध गरेता पनि सरकारले नटेको व्यवसायीहरुको आरोप छ ।

 

विभिन्न १० बुँदे मागसहित थला परेको पर्यटन व्यवसायीलाई पुर्नजीवन दिन व्यवसायीहरुले आग्रह गरेका छन् । कोरोना महामारीपछि पर्यटन व्यवासय संचालन गर्न असहज भएकोले व्यवासायीहरुको माग सरकारले तत्काल पुरा नगरे कडा रुपमा आन्दोलनमा जाने टे«किङ एजेन्सिसज एशोसिएशन अफ नेपाल (टानका) अध्यक्ष खुम बहादुर सुवेदीले बताउनुभयो ।

 

‘देशमा दिनहुँ विरोध प्रदर्शन हुँदा कोभिडको जोखिम नहुँने, विदेशी पर्यटकलाई सहजै नेपाल आउन दिँदा कोभिड संक्रमणको जोखिम हुने’ ? सुवेदी सरकारलाई प्रश्न गर्नुभयो । उहाँले पीसीआर रिपोर्ट नेगेटिभ भएका र कोभिड खोप लगाएर नेपाल आउने विदेशी पर्यटकलाई निर्वाध घुम्न दिनुपर्ने, पीसीआर रिपोर्ट नेगेटिभ आएका पर्यटकलाई पाँच दिन क्वारेन्टाइनमा बस्ने व्यवस्था हटाउन र ५ हजार अमेरिकी डलर बराबरको कोरोना बीमा गरेर आउनुपर्ने लगायतका मापदण्ड हटाउन उहाँले माग गर्र्नुभयो ।

 

‘पर्यटन व्यवसायीहरु सरकार र अविभावक बिहीन भएका छौ’, नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्सका अध्यक्ष अच्युत गुरागाँईले भन्नुभयो, ‘अब हाम्रा माग पुरा नभए सिंहदरबार घेर्न जान्छौ ।’ महामारीले थलिएको पर्यटन क्षेत्र र व्यवसायीको पिर मर्का पटक–पटक सरकालाई ध्यानाकर्षण गराउँदा र पत्र पठाउँदा पठाउँदै थकित भएको उहाँको भनाई छ । अब सडक र आन्दोलनमा जानुको बिकल्प छैन ।

 

कोरोना महामारीबाट सबैभन्दा बढी क्षति भएको पर्यटन क्षेत्रका व्यवसायीहरुले अहिलेसम्म पुनरकर्जा कोषको सुविधा लिन नपाएको उहाँको गुनासो छ । सरकारले राहतको रुपमा कोष निर्माण गरेपनि पहुँच हुनेहरुले मात्रै सुविधा पाएको तर साना पर्यटन व्यवसायीहरुले अहिलेसम्म कुनै सुविधा पाउन नसकेको गुरागाँईले बताउनुभयो ।

 

नेपालको पयर्टन क्षेत्रलाई चलायमान बनाउनका लागि ७२ घण्टाको पीसीआर रिर्पोट नेगेटिभ लिएर आउने विदेशी पर्यटकहरुका हकमा पाँच दिनसम्म अनिवार्य क्वारेण्टाइनमा बस्न पर्ने प्रावधान हटाउनु पर्ने व्यवसायीहरुको माग छ ।

 

अनलाइन र अराभल भीषा तथा विदेशस्थित नेपाली राजदूतावास वा नियोगहरुबाट भीषाको व्यवस्था पूर्ववत् रुपले गराउनु पर्ने, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कोभिड जाँच मेशिन राख्ने वा तोकिएको स्वास्थ्य निकायबाट नमुना संकलन गर्ने, हालसम्म खुल्न बाँकी रहेका अन्तर्राष्ट्रिय हावई उडानहरु यथाशिघ्र संचालन गर्नुपर्ने व्यवसायीको माग छ ।

 

यस्तै, कोरोना विरुदको खोप अग्रपंक्तिमा रहेर काम गर्ने पर्यटन व्यवासायी र पर्यटन श्रमिकहरुलाई उपलव्ध गराउनुपर्ने, नेपाल चीनबीचको सीमा नाकाहरु यथाशिघ्र खोल्नु पर्ने, नेपाल घुम्न आउने पर्यटकहरुलाई कम्पनीबाट अनिवार्य गाइड, तथा पदयात्रा सहयोगी लिएरमात्र भ्रमण गर्न÷ गराउन पाउने व्यवस्था गर्न माग गरिएको छ ।

 

त्यसैगरी, नेपाल–भारतका र नेपाल–चीन सीमानाहरुबाट भित्र्ने पर्यटकहरुलाई सवारीसाधन सहित निर्वाध रुपमा आउन पाउने व्यवस्थागरी सरकार तथा सम्बन्धित निकायबाट अनुगमन गर्नु पर्ने, कम्तीमा ५ हजार अमेरिकी डलर बराबरको कोरोना बिमा हटाउन पर्ने र कोरोना विरुद्धको खोप पुरा मात्रा लगाइ आएका पर्यटकलाई सहजरुपमा घुम्न दिनुपर्ने लगायतका माग रहेको छ ।

 

सरकारसँग माग गर्ने संस्थाहरूमा ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल, नेपाल एशोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट्स, होटल संघ नेपाल, नेपाल पर्वतारोहण संघ, हिमालयन उद्धार संघ, नेपाल एशोसिएसन अफ राफ्टिङ एजेन्सिज, टुरिष्ट बस एशोसिएसन अफ नेपाल लगायत ३६ संस्था रहेका छन् ।

यस्तो छ विज्ञप्ति :

वि.सं.२०७७ फागुन १० सोमवार १७:२३ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...