back
NMB ad

निर्जीबन बीमा कम्पनीले संकलन गरे करिब १८ अर्ब बीमा शुल्क, शिखरलाई पछ्याउँदै सगरमाथा

Kumari bank ad

काठमाडौं । चालु आर्थिक वर्षको ७ महिनामा निर्जीबन बीमा कम्पनीले १७ अर्ब ८६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । माघ महिनामा मात्रै निर्जीवन बीमा कम्पनीहरुले २ अर्ब ४७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

 

यो अवधिमा २० वटा निर्जीबन बीमा कम्पनीको चुक्ता पुँजी १८ अर्ब रुपैयाँ रहेको छ । यो अवधिमा निर्जीबन बीमा कम्पनीले १७ लाख ७४ हजार १३८ वटा बीमालेख जारी गरेका छन् । जसमा माघ महिनामा मात्रै २ लाख ५९ हजार २४६ वटा रहेका छन् ।

 

बीमा समितिका अनुसार सबैभन्दा बढी शिखर इन्स्योरेन्सले २ अर्ब ४५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । शिखरलाई सगरमाथा इन्स्यारेन्सले पछाइरहेको छ । यो अवधिमा सगरमाथा इन्स्योरेन्सले १ अर्ब ५७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

 

यस्तै नेपाल इन्स्योरन्सले ७३ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्दा माघ महिनामा मात्रै ९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । बीमा समितिका अनुसार दि ओरियन्टल इन्स्योरेन्सले माघ महिनासम्ममा ६५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छ भने माघ महिनामा मात्रै ५ अर्ब रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । नेशनल लाइफ इन्स्योरेन्सले ७ महिनामा ५० करोड रुपैयाँ बीमा शुल्क संकलन गर्दा माघ महिनामा मात्रै ८ अर्ब रुपैयाँ बीमा शुल्क आर्जन गरेको तथ्याङकले देखाएको छ ।

 

हिमालयन जनरल इन्स्योरेन्सले ६० करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्दा एक महिनामा नै ११ करोड, यूनाइटेड इन्स्योरेन्सले ७ महिनामा ६६ करोड बीमा शुल्क आर्जन गर्दा १ महिनामा १० करोड, प्रिमियर इन्स्योरेन्सले १ अर्ब ४ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्दा माघमा मात्रै १४ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

 

बीमा समितिका अनुसार एभरेष्ट इन्स्योरेन्सले ५८ करोड रुपैयाँ ७ महिनामा बीमा शुल्क आर्जन गर्दा माघमा ८ करोड, नेको इन्स्यारेन्सले १ अर्ब ५५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्दा माघमा २० करोड, प्रभु इन्स्योरेन्सले ९३ करोड बीमा शुल्क आर्जन गर्दा माघमा ७ करोड, आइएमई जनरल इन्स्योरेन्सले ८५ करोड बीमा शुल्क आर्जन गर्दा एकै महिनामा १४ करोड बीमा शुल्क आर्जन गरेको छ ।

 

यस्तै प्रुडेन्सियल इन्स्योरेन्सले माघसम्ममा ८२ करोड, लुम्बिनी जनरल इन्स्योरेन्सले ७९ करोड, एनएलजी इन्स्योरेन्सले १ अर्ब ३० करोड, शिद्धार्थ इन्स्योरेन्सले १ अर्ब ३९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

 

त्यस्तै जनरल इन्स्योरेन्सले माघमहिनासम्ममा ४१ करोड, अजोड इन्स्योरेन्सले ७६ करोड र सानिमा जनरल इन्स्योरेन्सले २८ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । सरकारी लगानी रहेको राष्ट्रिय बीमा कम्पनीले तथ्याङक बीमा समितिलाई दिएको छैन । जसले गर्दा यहाँ कम्पनीको तथ्याङक राखिएको छैन ।

वि.सं.२०७७ फागुन १० सोमवार १७:५० मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...