कारोबारको सुरु भएको ५ मिनेट नपुग्दै इन्फ्रास्टक्चर बैंकको सेयरमा सकारात्मक सर्किट, कति पुग्यो मूल्य ?

काठमाडौं । सेयर कारोबार सुरु भएको ५ मिनेट नपुग्दै नेपाल इन्फ्रास्टक्चर बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

 

कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६६ रुपैयाँले बढेर ७२६ रुपैयाँ पुगेको छ । कारोबारको सुरुमै कम्पनीको सेयर मूल्य १० प्रतिशत बढेर सकारात्मक सर्किट लागेको हो । यो समाचार तयारपार्दासम्म कम्पनीको सेयर बिक्री गर्ने कोही पनि छैनन् । किन्नेमा भने भिड नै रहेको छ ।

 

कम्पनीको सेयर प्रति कित्ता ७२६ रुपैयाँ पुग्दा ६ लाख ५४ हजार ६६४ कित्ताको लागि माइ अर्डर गरेका छन् । उक्त कित्ता सेयर किन्न लगानीकर्ता तयार भएपनि बिक्री गर्नेको संख्या शुन्य रहेको छ ।

२०७७ फागुुण ११ गते ११:०१ मा प्रकाशित

You can share this post!

फेरि ह्वात्तै बढ्यो सुनको भाउ, प्रतितोला कति पुग्यो ?

फेरि ह्वात्तै बढ्यो सुनको भाउ, प्रतितोला कति पुग्यो ?

Related posts