अपडेटः एक घन्टामा ५४ अंकले घट्यो सेयर बजार

काठमाडौं । कारोबारको सुरु देखि नै सेयर बजारमा गिरावट सुरु भएको छ । कारोबार सुरु भएको एक घन्टामा नेप्से मापन गर्ने सूचक ५४.१४ अंकले घटेर २५५३.५३ बिन्दु कायम भएको छ ।

 

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ७.७३ अंकले घटेर ४६२.६३ बिन्दुमा रहेको छ । यो समाचार तयार पार्दासम्म १९० कम्पनीको ४८ लाख ५२ हजार ३४७ कित्ता सेयर २ अर्ब ७७ करोड ६४ लाख १८ हजार ४३८ रुपैयाँको सेयर किनबेच भएको छ ।

 

एक घन्टामा बैंकिङ समूहको उपसूचक ३३.०५ अंकले घटेको छ भने निर्जीबन बीमा २०३.२,माइक्रोफाइनान्स ६७.२१, जीवन बीमा ३२९.८ अंकले घटेको छ ।

२०७७ फागुुण ११ गते १२:०० मा प्रकाशित

You can share this post!

इन्फ्रास्टक्चर बैंकको सेयर मूल्यमा तिब्र उतार चढाव, सकारात्मकपछि नकारात्मक सर्किट

इन्फ्रास्टक्चर बैंकको सेयर मूल्यमा तिब्र उतार चढाव, सकारात्मकपछि नकारात्मक सर्किट

Related posts