प्राइम बैंकको ३ अर्ब ५० करोडको ऋणपत्र निष्कान गर्ने, कति छ ब्याजदर ?

काठमाडौं । प्राइम कमर्सियल बैंकले ३ अर्ब ५० करोड रुपैयाँको ३५ लाख कित्ता ऋणपत्र ‘८.७५ % प्राइम डिबेन्चर २०८५’ निष्काशन गर्ने भएको छ ।

 

३५ लाख कित्तामा १४ लाख कित्तामा मात्रै सर्वसाधारण लगानीकर्ताले आवेदन दिन पाउने छ भने २१ लाख कित्ता बैंक आफैले विभिन्न संघ संस्थालाई बिक्री गर्ने जनाएको छ । ८ वर्षको लागि निष्काशन गर्न लागेको ऋणपत्र वार्षिक ब्याज ८.७५ प्रतिशत रहेको छ ।

 

ऋणपत्रमा प्रति कित्ता १ हजार रुपैयाँ दरले न्यूनतम २५ देखि अधिकतम ५ लाख कित्तासम्म आवेदन दिन पाएने छ । सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था, मेरोसेयर एपबाट आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिंङ रहेको छ ।

 

ऋणपत्रमा फागुन १९ देखि २३ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा चैत ४ गतेसम्म आवेदन दिन सकिने छ

२०७७ फागुुण ११ गते १२:४१ मा प्रकाशित

You can share this post!

बैंकका सहायक कम्पनीलाई ब्रोकर लाईसेन्स दिने विषय ओझेलमा पारिदै, सेबोनले देखायो अर्थ मन्त्रालय

बैंकका सहायक कम्पनीलाई ब्रोकर लाईसेन्स दिने विषय ओझेलमा पारिदै, सेबोनले देखायो अर्थ मन्त्रालय

Related posts