back
NMB ad

कोरोना बीमाले बीमाप्रति जनविश्वास घट्यो, दाबी भुक्तानी एक मिनेट पनि नरोक्नु: अध्यक्ष सिलवाल

Kumari bank ad

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले कोरोना बीमाले गर्दा बीमा बजारप्रति आम जनताको विश्वास घटेको बताउनु भएको छ ।

 

राष्ट्रिय बीमा संस्थाको ५४ औं बार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो । सिलवालका अनुसार यसको लागि समितिले प्रभावकारी रुपमा काम गरिरहेको जानकारी गराउनु भयो । अहिलेसम्म कोरोना बीमाको साढे ३ अर्ब रुपैयाँको दाबी भुक्तानी भएको उहाँको भनाइ छ ।

 

सबै कागजात पुरा भएर आउनेलाई दाबी भुक्तानी गर्न एक मिनेट पनि ढिला गर्न नहुने उहाँको भनाई छ । उहाँले आवश्यक कागजात पुरा भएको सबैको भुक्तानी चाँडो गर्न निर्देशन पनि दिनु भएको छ ।

 

अध्यक्ष सिलवालका अनुसार बीमा कम्पनीहरुले पोलिसी ल्याउँदा जसले गल्ती गरेको भएपनि अब यसमा चर्चा गर्नुभन्दा पनि यसलाई कसरी व्यवस्थित गराएर जाने हो त्यसतर्फ लाग्नुको विकल्प छैन ।

 

कार्यक्रममा उहाँले समिति नियामक निकाय भएपनि नियन्त्रणमा मात्रै विस्वास नगर्ने जानकारी गराउनु भयो । समितिले बीमा बजारलाई कसरी व्यवस्थित गर्न सकिन्छ, कसरी पारदर्शी बनाउन सकिन्छ, कसरी नियन्त्रणमा राख्न सकिन्छ भनेर काम गरिरहेको जानकारी गराउनु भयो ।

 

अब सरकारी, निजामती कर्मचारीबाट आएको बीमाबाट मात्रै बीमाको पोलिसी यति पुग्यो भनेर भन्ने दिन गएको भन्दै बजार प्रतिस्पर्धात्मक भएकोले नयाँ प्रडक्ट ल्याउँदा अरुको कपि गर्नु भन्दा पनि आफै नयाँ नयाँ योजना ल्याउन आग्रह गनुभयो ।

 

उहाँले बीमाको पोलिसीबाट बीमा कम्पनीले दिनुपर्ने ऋण बैंकले दिन थालेकोमा असन्तुष्टि जनाउनु भयो । उहाँले यस्ता गतिविधिले बजारमा असर पर्ने, विकृती फैलाउने भन्दै यस्ता काम रोक्न आग्रह गर्नुभयो ।

 

अध्यक्ष सिलवालले समिति आफैले पनि गरेको निर्णयले बीमा बजारमा कस्तो असर पर्छ भन्नेमा ध्यान दिनुपर्ने बताउनु भयो । यस्ता कुरामा बीमा समिति चुकेको उल्लेख गर्दै अब नचुक्ने प्रतिबद्धता जनाउनु भयो ।

 

बीमा ऐनले भनेको कुरा सबै बीमा कम्पनीलाई एकैनासले लागु हुने उहाँको भनाइ छ । तर नयाँ कम्पनी र पुराना कम्पनीलाई एकै डालोमा राख्दा पुरानोले राम्रो गर्दै जाने नयाँले केही पनि गर्न नसक्ने अवस्था आउने भन्दै नयाँ कम्पनी धरासायी हुन नदिने गरी काम गर्ने बताउनु भयो ।

 

बीमाको बजारमा अविश्वास नबढाउँनका लागि कम्पनी स्थिर नभएसम्मको लागि फरक रुपमा व्यवहार गर्नुपर्ने जानकारी गराउनु भयो । ‘त्यसो गर्नको लागि कानून, ऐन मिचेर भने अघि बढने भनेको होइन’ उहाँले भन्नुभयो ।

वि.सं.२०७७ फागुन ११ मंगलवार १४:०५ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...