back
NMB ad

ज्योति विकास बैंकद्वारा सामरी स्वास्थ्य चौकीलाई बेबी वार्मर हस्तान्तरण

Kumari bank ad

काठमाडौं । ज्योति विकास बैंकले नुवाकोट जिल्लामा रहेको म्यागङ गाँउपालिका-मा स्थित सामरी स्वास्थ्य चौकीलाई एक थान बेबी वार्मर प्रदान गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व सम्बन्धि ‘हाम्रो विकास प्रबर्द्वन कोष’ बाट उक्त सहयोग गरेको जनाएको छ ।

 

राष्ट्रिय आविष्कार केन्द्र र ज्योति विकास बैंकद्वारा संयुक्तरुपमा उक्त बेबी वार्मर प्रदान गरिएको हो । बेबी वार्मरले नवजात शिशुको शारिरिक तापक्रम उचित बनाई राख्न सहयोग गर्दछ ।

 

ज्योति विकास बैंकको तर्फबाट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पारस राज कंडेल र राष्ट्रिय आविष्कार केन्द्रका तर्फबाट सुनिल बानियाँले म्यागङ गाउँपालिका-५ का अध्यक्ष आशा तामाङ र सामरी स्वास्थ्य चौकीका इन्चार्ज डम्बर न्यौपानेलाई वार्मर हस्तान्तरण गर्नुभएको हो । नवजात शिशुको शारिरिक तापक्रम उचित राख्न प्रयोग हुने बेबी वार्मरबाट सामरी स्वास्थ्य चौकी, सामरीमा प्रसुति सेवा लिन आउने प्रत्यक्ष्य रुपमा लाभान्वित हुनेछन् ।

 

बैंकले ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत् राष्ट्रिय आविष्कार केन्द्र सँगको सहकार्यमा कपिलवस्तु सामुदायिक अस्पताल कपिलवस्तु, मध्यबिन्दु जिल्ला अस्पताल नवलपुर, महाकाली अञ्चल अस्पताल कञ्चनपुर, प्युठान जिल्ला अस्पताल प्युठान, प्राथमिक स्वास्थ्य केन्द्र महोत्तरी, आम्दा अस्पताल झापा, जिल्ला अस्पताल खोटाङ्ग र सामरी स्वास्थ्य चौकी सामरीलाई एक–एक थान बेबी वार्मर प्रदान गरेको छ । हालसम्म बैंकले ८ वटा बेबी वार्मर प्रदान गरिसकेको छ।

 

बैंकले १२औं वार्षिकोत्सवको अवसरमा डा. महाविर पुनद्वारा प्रवर्द्धित राष्ट्रिय आविष्कार केन्द्रलाई १० वटा ‘न्यानो नानी’ बेबी वार्मर बनाई देशका विभिन्न ग्रामीण तथा पहुंच नपुगेका अस्पतालहरुलाई हस्तान्तरण गर्ने सहकार्यका लागि ८ लाख प्रदान गरेको थियो ।

 

ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ वटा एटिएमः मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ । हालसम्म बैंकले ३ लाख भन्दा बढि खाताबाट करिब ४६ अर्ब निक्षेप संकलन गरी २३ हजारभन्दा बढि ऋणीहरुलाई करिब ३७ अर्ब लगानी गरेको छ ।

वि.सं.२०७७ फागुन ११ मंगलवार १४:३६ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...