back
NMB ad

तोकेको अधिकारी बाहेक राष्ट्र बैंकका कर्मचारीलाई सूचना सम्प्रेषण गर्न प्रतिबन्ध, सामाजिक सञ्जाल प्रयोगमा जोड

Kumari bank ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले तोकेको अधिकारी बाहेक अन्य पदाधिकारी तथा कर्मचारीलाई सूचना सम्प्रेषण गर्न प्रतिबन्ध लगाएको छ । नेपाल राष्ट्र बैंकले सूचना प्रवाहलाई एकद्वारा प्रणालीमा लैजान भन्दै यस्तो व्यवस्था गरेको छ ।

राष्ट्र बैंकले मंगलबार सूचना तथा सञ्चार नीति-२०७७ जारी गर्दै यस्तो व्यवस्था गरेको हो । राष्ट्र बैंकको नयाँ नीति अनुसार बैंकसँग सम्बन्धित कुनै पनि काम कारबाही तथा मुलुकको आर्थिक एंव वित्तीय अवस्थाका बारेमा कुनै पनि समयमा गभर्नरले सूचना सम्प्रेषण गर्न सक्ने, बैंकसँग सम्बन्धित आफ्नो कार्यक्षेत्रभित्र पर्ने कुनै पनि काम कारबाही तथा मुलुकको आर्थिक तथा वित्तीय अवस्थाको बारेमा कुनै पनि समयमा सम्बन्धित डेपुटी गभर्नरले सूचना सम्प्रेषण गर्न सक्ने व्यवस्था गरेको छ ।

बैंकको निर्णय तथा गतिविधिबारे बैंकको प्रवक्ता वा सहप्रवक्ताले मात्रै सञ्चार माध्यमलाई सूचना दिनेछन् । कुनै विभागको काम कारबाहीको बारेमा गभर्नरको स्वीकृतबमोजिम कामकारबाहीको बारेमा सम्बन्धित विभागीय प्रमुखले प्रवक्तासँग समन्वय गरी सूचना सम्प्रेषण गर्न सक्नेछ ।

यस्तै राष्ट्र बैंकले सूचना तथा जानकारीलाई प्रभावकारी बनाउन भन्दै सामाजिक सञ्जालको प्रयोगलाई बढावा दिने भएको छ । सूचना आदान प्रदानको लागि फेसबुक, ट्विटर जस्ता सामाजिक सञ्जालकोमा जोड दिने भएको हो । बैंकले प्रवाह गर्नुपर्ने सूचना तथा जानकारी बैंकको आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्न सक्ने व्यवस्था गरेको छ ।

सामाजिक सञ्जालको सञ्चालन गभर्नरको कार्यालय, सूचना तथा सञ्चार समन्वय महाशाखाले प्रवक्ता तथा सूचना अधिकारीको समन्वयमा हुनेछ । बैंकले विभिन्न सामाजिक सञ्जालमार्फत बैंकको आधिकारिक पेज वा अकाउन्ट सञ्चालन गरी बैंकका सूचना तथा जानकारी सम्प्रेषण गर्ने भएको छ ।

वि.सं.२०७७ फागुन ११ मंगलवार १८:३१ मा प्रकाशित

You can share this post!

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...