back
NMB ad

महासंघ अध्यक्ष गोल्छाको सुझावः आइसीटीको विकासका लागि प्राथमिकता तय गर्नुहोस्

Kumari bank ad

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिका सदस्य मंगेशलाल श्रेष्ठकोे सभापतित्वमा सूचना तथा संचार प्रविधि विकास समिति ठगन भएको छ ।

समिति विस्तारको क्रममा महासंघका अध्यक्ष शेखर गोल्छाले महासंघले तयार गरिरहेको भिजन पेपरमा सूचना तथा प्रविधिलाई उच्च प्राथमिकता दिइएको जानकारी गराउनु भयो । उहाले दस्तावेजलाई बढी उपयोगी बनाउन समितिबाट महत्वपूर्ण सुझावको अपेक्षा गरेको बताउनु भयो ।

अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिन सक्ने यो क्षेत्रको विकासका लागि के गर्नुपर्छ त्यसका प्राथमिकताहरू तय गर्न समितिलाई सुझाव दिनुभयो । ‘त्यही प्राथमिकताहरूलाई महासंघको भिजन पेपरमा समावेश गरिनेछ’, अध्यक्ष गोल्छाले भन्नुभयो ‘समितिले तयार गरेको दस्तावेज तथ्य र अनुसन्धानमा आधारित र कार्यान्वयन गर्ने खालको होस् ।’

अध्यक्ष गोल्छाले जुनसुकै मुलुकको आर्थिक विकासका लागि सूचना तथा प्रविधि क्षेत्रको योगदान निकै महत्वपूर्ण हुने बताउंदै यस क्षेत्रमा पर्याप्त रोजगारी सिर्जना गर्न सकिने भएकाले समिति मार्फत मुलुकभित्र सूचना तथा प्रविधि क्षेत्रको विकासमा महासंघले महत्वपूर्ण योगदान दिन चाहेको स्पष्ट पार्नुभयो ।

अध्यक्ष गोल्छाले आइसीटीको विकासमा सरकारको पहल सुस्त देखिएको, सूचान प्रविधि पार्कको सही अर्थमा उपयोग हुन नसकेको गुनासो गर्नुभयो । कोभिड पश्चात सूचना प्रविधिको प्रयोग अझ बढ्न गएकाले अर्थतन्त्रसंग जोडिन सक्ने दूरदराजका किसान, आफ्नै पौरखमा रमाइरहेका स-साना उद्यमी व्यवसायीहरू र उनीहरूका उत्पादनलाई सिधै बजारसम्म जोड्ने प्रविधिको प्रयोग बढाउनु पर्ने सुझाव अध्यक्षको थियो । ‘यसो हुन सक्यो भने त्यस्तो वर्ग अर्थतन्त्रको मूल प्रवाहमा समाहित हुनसक्छ’, अध्यक्ष गोल्छाले भन्नुभयो ‘सूचना प्रविधिको विकासकै कारण कोभिड महामारीमा पनि आपूर्तिमा कुनै समस्या भएन, घर घरमा सामान पुग्ने वातावरण बन्यो ।’

समितिको पहिलो बैठकले इ-कमर्शको विस्तारको साथै राष्ट्रिय एवं अन्तर्राष्ट्रिय रुपमा आइसीटीका सम्भावनाहरूको पहिचान गरी सुझाव तयार गर्ने र आइसीटी विकास एवं विस्तार सम्बन्धी नीति, ऐन, नियम एवं सरकारी निर्णयको पुनरावलोकन गरी गर्नु पर्ने सुधार सम्बन्धमा राय सुझाव तयार गर्ने निर्णय गरेको छ ।

समितिका सह-सभापतिहरूमा क्यान महासंघ नेपालका अध्यक्ष नवराज कुंवर, नेपाल केवल टेलिभिजन महासंघका अध्यक्ष सुधिर पराजुली, नेपाल विज्ञापन संघका अध्यक्ष सोम प्रसाद धिताल र नेपाल सरकारका पूर्व सहसचिव वीरेन्द्र मिश्र हुनुहुन्छ ।

सदस्यहरूमा नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका दिपक भण्डारी, लोटस होल्डिङसका प्रमुख कार्यकारी निर्देशक अजित विक्रम शाह, ठमेल डटकमका संस्थापक बाल कृष्ण जोशी र नेपाली यूवा उद्यमी मंचका सुरक्षा अधिकारी हुनुहुन्छ ।

वि.सं.२०७७ फागुन १२ बुधवार १८:५५ मा प्रकाशित

You can share this post!

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...