back
NMB ad

सात महिनामा बागमती प्रदेशको पुँजीगत १७ प्रतिशतः यति खर्च हुनु पनि अत्यधिक होः सचिव घिमिरे

Kumari bank ad

सोभित थपलिया

काठमाडौं । चालु आर्थिक वर्षको ७ महिनामा बागमती प्रदेशले २०.४ प्रतिशत मात्रै बजेट खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार यो ७ महिनाको अवधिमा जम्मा २०.०४ प्रतिशत मात्रै बजेट खर्च भएको छ ।

चालु आवको लागि विनियोजन गरेको ५१ अर्ब ४२ करोड ७४ लाख ९४ हजार रुपैयाँमा ७ महिनामा १० अर्ब ३० करोड ६१ लाख ३१ हजार ९५९ रुपैयाँ मात्रै खर्च भएको छ ।

२०.०४ प्रतिशत बजेट खर्च हुँदा यो अवधिमा पुँजीगत खर्च भने १७.४६ प्रतिशत मात्रै रहेको छ । यस्तै चालु खर्च भने २०.९ प्रतिशत रहेको छ ।
प्रदेश सरकारले पुँजीगत तर्फ २५ अर्ब ३९ करोड ४५ लाख ७९ हजार रुपैयाँ विनियोजन गरेकोमा ४ अर्ब ४८ करोड ३ लाख २७ हजार १६७ रुपैयाँ खर्च भएको छ । यस्तै चालु तर्फ २५ अर्ब ३ करोड २९ लाख १५ हजार रुपैयाँ विनियोजन भएकोमा ५ अर्ब २२ करोड ५८ लाख ४ हजार ७९२ रुपैयाँ खर्च भएको छ ।

यता प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव डुन्डुराज घिमिरे गत वर्षको तुलनामा यो वर्ष खर्च अत्याधिक वृद्धि भएको बताउनु हुन्छ । गत वर्ष यो अवधिमा ११ प्रतिशत मात्रै खर्च भएको उहाँको भनाई छ । यो वर्ष बढेर २०.४ प्रतिशत हुनु भनेको ठूलो छलाङ मारेको घिमिरेको दाबी छ । ‘सात महिनामा २० प्रतिशत मात्रै खर्च हुनु भनेको राम्रो त होइन’ उहाँले भन्नुभयो ‘ विगतका वर्षहरुको तुलनामा हेर्दा यो धेरै नै राम्रो हो ।’

अहिले संघीय सरकारको खर्च पनि यस्तै अनुपातमा रहेकोले संघीय सरकारको र आफ्नो प्रदेशको बजेट खर्च उस्तै उस्तै अवस्थामा रहेको उनको भनाई छ ।

पहिलो चार महिना टेन्डरमा तथा आवश्यक तयारीमा जाने र त्यसपछिको तीन महिना काम भइरहने तर भुक्तानी हुन बाँकी रहने गरेको उहाँको भनाई छ । केहीको काम गरेको भुक्तानी हुन बाँकी र कतिपय काम भइरहेको कारण खर्च कम देखिएको घिमिरेले बताउनु भयो ।

गत वर्षको पुस मसान्तमा ९.१ प्रतिशत मात्रै काम भएको र यो वर्ष यो अंक बढेर १७ प्रतिशत पुगेको उहाँको भनाइ छ । गत वर्ष ६० प्रतिशत खर्च गरेकोमा चालु आवमा बजेट खर्भ ७० प्रतिशत कटने उहाँको दाबी छ । यो आधारलाई हेर्दा अहिले प्रदेश सरकार बजेट खर्चको सन्दर्भमा कमजोर अवस्थामा नरहेको उहाँको दाबी छ ।

प्रदेश सरकारको यो आवमा भौतिक पूर्वाधार, कृषिको उत्पादन र उत्पादकत्व बढाउने लगायतका क्षेत्र रहेका छन् । यो अवधिमा धेरै बजेट कृषि क्षेत्रमा गएको उहाँले बताउनु भयो ।

वि.सं.२०७७ फागुन १३ बिहीवार ११:५१ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...