काठमाडौंमा देखियो बर्ड फ्लू, १५ हजार कुखुरा र साढे ३ हजार अण्डा नष्ट

काठमाडौं । पशु सेवा विभागका अनुसार काठमाडौं उपत्यकामा बर्ड फ्लू देखा परेको छ ।

विभागका अनुसार काठमाडौं जिल्ला तारकेश्वर नगरपालिका-१ मा लिएका व्यवसायिक कुखुराको नमूना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाखामा रियल टाइम पिसिआर विधिबाट परीक्षण गर्दा बर्ड फ्लु रोग प्रमाणित भएको हो ।

रोग पुष्टि भएको क्षेत्रबाट रोग अन्यत्र फैलन नदिई तत्काल नियन्त्रणमा लिन संघ,प्रदेश तथा स्थानीय तहका पशु सेवासँग सम्बन्धित निकायहरुलाई परिचालन गरी रोग देखिएको क्षेत्रमा रहेका सम्पूर्ण घरपालुवा पन्छी तथा रोग सार्न सक्ने वस्तु समेत नष्ट गरिएको छ ।

यस क्रममा ५ हजार ६५७ वटा लेयर्स कुखुरा, ७ हजार २३६ वटा ब्रोइलर कुखुरा, २ हजार ५०४ वटा लोकल कुखुरा, ५० वटा टर्की, १७ वटा बट्टाई सहित १५ हजार ४६४ वटा कुखुरा नष्ट गरिएको छ । यस्तै ३ हजार ५७० वटा अन्डा र ३ हजार केजी दाना नष्ट गरी सुरक्षित तवरले तह लगाइएको विभागको भनाइ छ । विभागका अनुसार रोग देखा परेको क्षेत्रलाई पूर्ण निः संक्रमण समेत गरिएको छ ।

२०७७ फागुुण १४ गते ११:३१ मा प्रकाशित

You can share this post!

सुपर त्रिशुली जलविद्युत ब्लयू इनर्जीले बनाउने, सात बैंकको १२ अर्ब लगानी

नेप्सेमा दुई कम्पनीको शेयर मूल्य समायोजन, कुनले कति तोक्यो ?

Related posts