back
NMB ad

खुम्चदैं कम्पनीको बजारपुँजिकरण: छैंटौ नम्बरमा इन्फ्रास्टक्चर बैंक, नवौंमा नेपाल इन्भेष्टमेन्ट (विवरणसहित)

Kumari bank ad

काठमाडौं । सेयर बजारमा देखिएको उतार चढावसँगै सूचीकृत कम्पनीको बजारपुँजिकरणमा हेरफेर भएको छ । बिहीबारसम्म सूचीकृत कम्पनीको बजारपुँजिकरण ३५ खर्ब १९ अर्ब ४८ करोड ८१ लाख रुपैयाँ पुगेको छ ।

यो साताको सेयर कारोबारमा बजारपुँजिकरण तर्फ शिर्ष १० को १ नम्बरमा नेपाल दुरसञ्चार कम्पनी रहेको छ । अघिल्लो साता कम्पनीको बजारपुँजिकरण २ खर्ब भन्दा माथि पुगेपनि यो साता भने बजारमा आएको गिरावटको कारण बजारपुँजिकरण २ खर्ब भन्दा तल नै सिमित भएको छ ।

यो साता बजारपुँजिकरणको शिर्ष १० कम्पनीमा ५ वटा बैंक रहेका छन् । जसमा नबिल बैंक, एनआईसी एशिया, ग्लोबल आईएमई बैंक, नेपाल इन्भेष्टमेन्ट,र प्राइम कमर्शियल बैंक रहेका छन् ।

यो साता ८ वटा कम्पनीको बजारपुँजिकरण १ खर्ब भन्दा बढी रहेको छ भने २ वटा कम्पनीको बजारपुँजीकरण १ खर्ब भन्दा कम रहेको छ ।
यो साता पहिलो नम्बमा रहेको नेपाल दुरसञ्चार कम्पनीको बजारपुँजिकरण १ खर्ब ९९ अर्ब ३५ करोड रुपैयाँ रहेको छ ।

यस्तै दोस्रो नम्बरमा नबिल बैंक रहेको छ । बैंकको बजारपुँजिकरण १ खर्ब ७८ अर्ब २० करोड ७६ लाख रुपैयाँ रहेको छ भने तेस्रो नम्बरमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । इन्स्योरेन्सको बजारपुँजिकरण १ खर्ब ५८ अर्ब २५ करोड ५३ लाख रुपैयाँ रहेको छ ।

नेप्सेका अनुसार नेपाल पुनर्बीमा कम्पनीको बजारपुँजिकरण १ खर्ब ४८ अर्ब ७० करोड रुपैयाँ रहेको छ । यस्तै नागरिक लगानीकोषको बजारपुँजिकरण १ खर्ब ४१ अर्ब २९ करोड ६७ लाख रुपैयाँ रहेको छ । यो साता बजारपुँजिकरणको छैटौ नम्बरमा नेपाल इन्फ्रास्टक्चर बैंक रहको छ । बैंकको बजारपुँजिकरण १ खर्ब ८ अर्ब ६० करोड रुपैयाँ रहेको छ ।

यस्तै बजारपुँजिकरणका क्रमशः सातौ र आठौ नम्बरमा रहेको एनआईसी एशिया ग्लोबल आईएमई बैंकको बजारपुँजिकरण क्रमशः १ खर्ब ४ अर्ब ६५ करोड ४२ लाख रुपैयाँ र १ खर्ब ३७ करोड ४८ लाख रुपैयाँ रहको छ ।

यो साता दुई कम्पनीको बजारपुँजिकरण १ खर्ब भन्दा कम रहेको छ । जसमा नेपाल नेपाल इन्भेष्टमेन्ट बैंक र प्राइम बैंक रहेका छन् । अहिले इन्भेष्टमेन्ट बैंकको बजारपुँजिकरण खस्कदो अवस्थामा रहको छ । अघिल्ला सातामा दुई स्थानमा माथी हुने गरेको बैंक अहिले दुई स्थान तल झरेको छ । बैंकको बजारपुँजिकरण ७६ अर्ब १५ करोड ९२ लाख रुपैयाँ रहेको छ । यता प्राइम बैंकको बजारपुँजिकरण ७३ अर्ब ४९ करोड ९४ लाख रुपैयाँ रहेको छ ।

यो साता सेयर बजार ८६.२१ अंकले घटेको छ । आइतबार २६४०.३४ बिन्दुमा रहेको इन्डेक्स बिहीबार ४४.९४ अंकले घटेर २५५४.१३ बिन्दुमा रोकिएको छ । लगातार सुरुको तीन दिन घटेको बजार बुधबार केही सुधार भएपनि बिहीबार पुनः घटेको छ । बजारमा आएको गिरावटले कम्पनीहरुको बजारपुँजिकरणमा पनि असर परेको छ ।

वि.सं.२०७७ फागुन १४ शुक्रवार १३:५३ मा प्रकाशित

You can share this post!

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२२

काठमाडौँ, ७ वैशाखः चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान...

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:१८

महोत्तरी, ७ वैशाख : महोत्तरीको बर्दिवास नगरक्षेत्रमा पछिल्ला केही वर्षयता...