back
NMB ad

शिखर इन्स्योरेन्सले ३०% हकप्रद जारी गर्ने : चैत्र ९ गते वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?

Kumari bank ad

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले वार्षिक साधारसभाका लागि मिति तय गरेको छ । कम्पनीले चैत ९ गते १५औं र १६औं वार्षिक साधारण सभा आव्हान गरेको हो ।

कम्पनीले केन्द्रिय कार्यालय, शिखर बिज सेन्टर, थापाथली, काठमाडौंमा बिहान ११ बजेका लागि सभा बोलाएको हो । कम्पनीको फागुन १४ गते बसेको सञ्चालक समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो ।

कम्पनीको अन्य प्रस्तावमा बोनस शेयर वितरण पश्चात कायम चुक्तापूँजीको ३० प्रतिशत हकप्रद शेयर जारी गर्ने, कम्पनीको शेयर संरचना परिवर्तन गरी संस्थापक समूहको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत गरी शेयरको अनुपात ५१ः४९ कायम गर्ने र सर्वसाधारण समूह ‘ख’को तर्फबाट २ जना सञ्चालकको निर्वाचन गर्ने, कम्पनीको अधिकृत पूँजी वृद्धि गरी ४ अर्ब पु¥याउने प्रस्ताव पनि पारित गर्ने जनाएको छ ।

सभामा आर्थिक वर्ष २०७७/७८ मा बाँडफाँट गरेको हकप्रद शेयर पश्चात कायम चुक्तापूँजीको २७ दशमलव ७८ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ १ दशमलव ४७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव रहेको छ । प्रस्तावित बोनस गत असार मसान्तसम्म कायम चुक्तापूँजीको ३६ दशमलव १ प्रतिशत र नगद लाभांश १ दशमलव ९ प्रतिशत हो ।

साधारण सभा प्रयोजनार्थ फागुन २६ गतेदेखि चैत ९ गतेसम्म बुकक्लोज गर्ने कम्पनीले जनाएको छ । बुक क्लोजको आधारमा फागुन २५ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश पाउनेछन् ।

वि.सं.२०७७ फागुन १६ आइतवार १०:४९ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...