back
NMB ad

राजनीतिक अस्थिरताले देशको अर्थतन्त्र आयातमुखी भयो: उपाध्यक्ष प्रा.डा कंडेल

Kumari bank ad

काठमाडौं । राष्ट्रिय योजना आयोगका प्रा. डा. पुष्पराज कंडेलले लामो राजनीतिक अस्थिरताका कारण नेपालको अर्थतन्त्र आयातमुखी भएको बताउनुभएको छ ।

उहाँले राजनीतिक अस्थिरताले लगानीकर्तामा लगानी गर्ने उत्साह नहुँदा देशको अर्थतन्त्र उद्योगमुखी हुनुको सट्टा आयातमुखी बनेको बताउनुभयो ।

उपाध्यक्ष कंडेलले ‘आर्थिक विकासका लागि औद्योगिक पूर्वाधार, समृद्ध नेपाल सुखी नेपाली आधार’ भन्ने मूल नाराका साथ सरकारबाट घोषित मयुरधाप औद्योगितक क्षेत्रको शिलान्यास कार्यक्रममा यस्तो बताउनुभएको हो ।

‘जब देशमा राजनीतिक अस्थिरता आउँछ, तब लगानीकर्ताले लगानी गर्न उत्साह देखाउँदैनन् र लगानी गर्दैनन्, जबसम्म रोजगारी सृजना हुँदैन तब देश आत्मनिर्भर हुन् सक्दैन, उपाध्यक्ष कंडेलले भन्नुभयो ।‘

वर्तमान अवस्थामा देशमा छाइरहेको राजनीतिक अस्थिरतालाई समाधान गरी छिट्टै लगानीमैत्री वातारण सृजना गर्नमा उहाँले जोडदिनुभयो । अर्थतन्त्रमा लगानीमैत्री वातावरण बनाउनका लागि सरकार लागिरहेको बताउनुभयो ।

अर्थतन्त्र र समग्र उद्योग क्षेत्रको योगदान पर्याप्त मात्रमा बढाएर देशको अर्थतन्त्रलाई निर्यात मुखी बनाउनुपर्ने उहाँको भनाई छ । ‘जबसम्म हामीले प्राकृतिक स्रोत साधनको पूर्णरुपमा प्रयोग गर्न सक्दैनौ, जबसम्म हाम्रो जनशक्तिलाई आफ्नै देशभित्रै काम गर्ने वातावरण बनाउन सकिदैन तबसम्म देशको विकास सम्भव छैन, उपाध्यक्ष कंडेलले भन्नुभयो ।’

उहाँले सरकार सग्रम देशको विकासका लागि निरन्तर लागि परेको बताउनुभएको छ । सरकार १५ औँ योजना र २५ वर्षे दिर्घकालिन योजनाले निर्धारण गरेको कार्यमा सरकार तिव्रताका साथ अगाडि बढिरहेको जानकारी गराउनुभयो ।

सरकारले १५ वटा औद्योगिक क्षेत्र, ७ वटा विशेष आर्थिक क्षेत्र, एक अन्तराष्ट्रिय विशेष आर्थिक क्षेत्र र देशका विभिन्न पालिकाहरुमा औद्योगिक ग्रामहरु खोल्ने कार्यक्रम अनुसार काम गरेको बताउनुभयो ।

उपाध्यक्ष प्रा.डा. कंडेलले अर्थतन्त्रमा समग्र औद्योगिक क्षेत्रका योगदान साढे ६ प्रतिशत रहेको र पन्ध्रौ योजनामा बढाएर १४ प्रतिशतबाट बढाएर २० प्रतिशत बनाउने, र २५ वर्षमा ३० प्रतिशत पुर्याउने सरकारको लक्ष्य रहेको जानकारी गराउनुभयो ।

उहाँले राष्ट्रिय योजना आयोगले लिएको लक्ष्य पुरा गर्न मयुरधापले पनि विशेष योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो । ‘औद्योगिक क्षेत्रको विकासका लागि पर्याप्त स्रोत र साधन विनियोजन गर्नुपर्छ, त्यसका लागि आवश्यक समन्वय र सहजीकरणमा त्यसमा राष्ट्रिय योजना आयोग स्पष्ट रहेको छ, उहाँले भन्नुभयो ।’ साथै औद्योगि क्षेत्रको समग्र विकासका लागि पर्याप्त बजेट बिनियोजन गर्ने प्रतिवद्धता जनाउनुभयो ।

उहाँले उद्योगीहरु सस्या समाधान गर्न योजना आयोग प्रतिवद्ध रहेको बताउँदै स्रोत र साधानहरुलाई पर्याप्त मात्रामा परिचालन गर्न उद्योगीहरुलाई आग्रह गर्नुभयो । उहाँले दिगो औद्योगिक वातावरण सृजना गर्न र बजेट संकलनमा पनि समस्या हुने भएकाले आम जनतालाई पनि प्रत्यक्ष रुपमा सहभागिता गराई औद्योगिक क्षेत्रमा लगानीमैत्री वातावरण बनाउनका लागि सम्पूर्ण उद्योगीलाई आग्रह गर्नुभयो ।

वि.सं.२०७७ फागुन १६ आइतवार १३:१३ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...