back
NMB ad

‘नेपाल विकासोन्मुख राष्ट्रमा सिफारिस हुँदा स्वाभिमानी अर्थतन्त्र निर्माणमा अस्थिर राजनीति बाधक’

Kumari bank ad

काठमाडौं । संयुक्त राष्ट्र संघले नेपाललाई कम विकशित देश (एलडीसी) बाट विकासोन्मुख राष्ट्रको सूचीमा जान सिफारिस गरेको छ ।
संघको सिफारिससँगै नेपाल विकासोन्मुख राष्ट्रको सूचीबाट स्तरोन्नती हुने भएको छ ।

यो स्तरोन्नती पार गर्न नेपालका लागि चुनैती पनि धेरै नै रहेका छन् । विश्वव्यापी रुपमा फैलिएको कोरोनाका कारण नेपालको आर्थिक बृद्धिदर खुम्चेको छ । वैदेशिक लगानी पहिलाकै जस्तो आउने सम्भावना पनि न्यूनः प्राय रहेको छ भने व्यक्तिको आम्दानी पनि कमी रहेको छ । कोरोनाका कारण धेरैको रोजगारी गुमेको छ । भएको उद्योग धन्दा पूर्ण रुपमा चल्न सकेका छैनन् ।

नेपाल एलडीसीबाट स्तरोन्नति हुनु आफैमा राम्रो पक्ष हो । तर यसको लागि धेरै नै चुनौती रहेका छन् । त्यो चूनौतीको सामना गर्न सक्नु प्रमुख विषय रहेको छ । विकासोन्मुख राष्ट्र बन्नको लागि नेपालले ३ वटा सूचक पार गर्नुपर्छ । २ वटा सूचक पार गरिसकेको छ । जसमा ह्युमन एसेट इन्डेक्स (एचएआई) र आर्थिक जोखिम सुचांक रहेको छ । यसमा नेपालले न्यूनतम तोकिएको भन्दा बढी नै अंक ल्याएको छ ।

अहिलेसम्म प्रतिव्यक्ति आम्दानी भने पुगेको छैन । एलडीसीबाट स्तरोन्नती हुनको लागि नेपालीको प्रतिव्यक्ति आम्दानी १२२२ अमेरिकी डलर हुनुपर्ने व्यवस्था छ । नेपालको त्यो भन्दा कम अर्थात १०८५ अमेरिकी डलर मात्रै छ ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कंडेलले आगामी दुई वर्षसम्ममा नेपालको प्रतिव्यक्ति आय राष्ट्र संघले तोकेको मापदण्ड अनुसार पुग्ने बताउनु भयो । उहाँका अनुसार नेपाल कम विकसीत मुलुकबाट विकासोन्मुख देशमा स्तरोन्नती हुँदै गर्दा नेपाललाई अहिलेसम्म सहयोग गर्दै आएका मुलुकले गर्ने सहयोगमा कमी आउने उहाँको भनाई छ ।

उहाँका अनुसार राष्ट्र संघ तथा त्यससँग सम्बन्धीत देशले नेपालाई गर्दै आएको सहयोगमा कटौती हुने, नेपाललाई अमेरिका, यूरोप लगायतका देशले दिँदै आएको भन्सार सुविधा पनि कटौती हुनेछ । जसले गर्दा ती देशमा अहिले जस्तो सहजैै बजारिकरणको सम्भावना न्यून देखिन्छ ।

प्रा. डा. कंडेलका अनुसार अहिले तत्कालका लागि अन्तर्राष्ट्रिय सहयोग र व्यापारमा असर पर्छ की भन्ने देखिएको । ‘त्यसको लागि नेपालले प्रभावकारी रुपमा रणनीति तयार गरिरहेको’ उहाँले अर्थतन्त्रसँग भन्नुभयो ‘त्यो रणनीति अनुसार अघि बढन सकेको खण्डका देखिएका समस्यासँग जुध्दै अघि बढन समस्या हुँदैन ।’ त्यसको लागि आयोगले पनि रणनीति बनाएर अघि बढिरहेको छ ।

१९७१ देखि नेपाल कम विकशित मुलुकमा रहेको र १२ औं योजनादेखि विकासशिल देशमा जाने तयार गरेको उहाँले स्मरण गराउनु भयो । ‘सधै नै हामीलाई अल्पविकसीत देशको रुपमा राख भनेर भन्नु भन्दापनि आफैले ग्रोथ गर्न लाग्नुपर्छ’ उहाँले भन्नुभयो ‘आत्मनिर्भर, स्वाभीमानी अर्थतन्त्रको कुरा गर्दै गर्दा सँधै अरुले देलान र खाउँला भन्नु भन्दा पनि आफुले आन्तरिक बजार, आन्तरिक अर्थतन्त्रलाई बलियो बनाउनेमा पनि ध्यान दिन जरुरी छ ।’ यसले हामीलाई आन्तरिक उत्पादन, आन्तरिक बजारलाई बढाउने, अर्थतन्त्रलाई बलियो बनाउने, आयात कम गर्ने तर्फ लाग्न बाध्य बनाउने उहाँको भनाइ छ ।

विकासोन्मुख राष्ट्रमा स्तरोन्नती हुँदा यसले नेपाललाई साह्रै नै समस्या नपार्ने उहाँको तर्क छ । नेपालमा आन्तरिक राजनीति सबल र स्थिर हुने हो भने भारत, भुटान, बंगलादेश भन्दा अघि जाने सम्भावना नेपालको धेरै नै रहेको उहाँको दाबी छ । आन्तरिक राजनीतिक अस्थिरता, आन्तरिक द्वन्दले गर्दा नेपाललाई धेरै नै पछि झकेलेको प्रा.डा कंडेलको भनाए छ । नेपाल स्थिरताको बाटोमा जाने हो भने विकासोन्मुख मुलुकमा जाँदा कुनै समस्या नरहेको उल्लेख गर्नुभयो ।

नेपाल आत्मनिर्भर बन्नको लागि उत्पादन बढाउने, आन्तरिक अर्थतन्त्रलाई बलियो र चलायमान बनाउने, आयात घटाउने, निर्यात बढाउने, आन्तरिक लगानीको वातावरण बढाउने, विदेशी लगानीलाई प्रोत्साहित गर्ने तर्फ ध्यान दिन आवश्यक रहेको उहाँको भनाई छ । सरकारले लगानी बढाएको खण्डमा रोजगारी बढने, रोजगारी बढने उत्पादन बढने, उत्पादन भएको खण्डमा उपभोग बढने र अन्तर्राष्ट्रिय बजारलाई बढावा दिनतर्फ सबै निकायले ध्यान दिन आवश्यक रहेको उहाँको भनाई छ ।

नेपालले अहिलेको अवस्थामा प्राकृतिक स्रोत तथा साधानको समूचित उपभोग गर्नुपर्ने, भएको जनशक्ति प्रयोगमा ल्याउने र अहिले तत्काल नभएपनि केही समय पछि नेपालमा प्रचुर सम्भावना भएको पर्यटकीय क्षेत्रलाई प्रचार प्रसारमा ल्याउने र त्यसमा लगानी बढाउने हो भने समस्या धेरै नभएको उहाँको तर्क छ । ‘हामीले हाम्रो बजार, हाम्रै कब्जामा राख्नु पर्यो’ उपाध्यक्ष प्रा. डा. कंडेलले भन्नुभयो,‘हाम्रो बजार हामीसँग नभइ अरु नै सँग भएर समस्या भएको हो ।’

वि.सं.२०७७ फागुन १६ आइतवार १४:२२ मा प्रकाशित

You can share this post!

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख २९ शनिवार ०६:५७

काठमाडौँ : हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको...

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन गर्न माग   

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन गर्न माग   

वि.सं.२०८१ वैशाख २९ शनिवार ०६:५०

भैरहवा : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संग सिद्धार्थ उद्योग वाणिज्य...

राज्यकोषबाट सुविधा लिनेले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने   

राज्यकोषबाट सुविधा लिनेले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने   

वि.सं.२०८१ वैशाख २९ शनिवार ०६:४४

नवलपरासी : पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले पालिकाबाट सेवासुविधा लिने कर्मचारी...

आज २९ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

आज २९ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २९ शनिवार ०६:३६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

चीनबाट अनुदानस्वरूप उपलब्ध हुने सातवटा सवारी साधन स्वीकार गरिने   

चीनबाट अनुदानस्वरूप उपलब्ध हुने सातवटा सवारी साधन स्वीकार गरिने   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार २१:४८

काठमाडौं, २८ वैशाख : मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले चीन सरकारले...

गण्डकीका मुख्यमन्त्रीलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश   

गण्डकीका मुख्यमन्त्रीलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार २१:४४

काठमाडौँ, २८ वैशाख : सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज...