back
NMB ad

सेयर बजारमा पहिरो, चन्द्रागिरी हिल्सको कारोबारमा सर्किट

Kumari bank ad

काठमाडौं । सेयर बजार राताम्मे हुदाँ पनि होटल तथा टुरिजम समूहको उपसूचकमा भने सुधार आएको छ । कारोबारको सुरुदेखि नै सेयर बजारमा जान थालेको पहिरो अन्तिम समयसम्म पनि कायमै रह्यो ।

होटल तथा टुरिजम बाहेक सबै समूहको उपसूचकमा भारी गिरावट आएको छ । बजारमा पहिरोजाँदा नेप्से मापन गर्ने सूचक ७९.७४ अंकले घटेर इन्डेक्स २४७४.३९ बिन्दुमा रोकिएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १४.५३ अंकले घटेर ४४७.२९ बिन्दुमा रोकिएको छ ।

२०७ कम्पनीको १ करोड ६० लाख १७ हजार ३२२ कित्ता सेयर ८ अर्ब ३५ करोड ५२ लाख ८९ हजार ८१४ रुपैयाँको सेयर किनबेच भएको छ ।
कारोबारमा बैंकिङ समूहको उपसूचक ५४.५७, विकास बैंक ७५.५१, जलविद्युत कम्पनी ६७.१५, निर्जीवन बीमा १७८.१, उत्पादन तथा प्रशोधन १९८.२, माइक्रोफाइनान्स १४१.२९, जीवन बीमा समूहको उपसूचक ६४२.८ अंकले घटेको छ ।

कारोबार रकमको आधारमा शिखर इन्स्योरेन्स अग्रस्थानमा रहेको छ । इन्स्योरेन्सको १ अर्ब २ करोड १६ लाख ३२ हजार ८२४ रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै दोस्रो र तेस्रो स्थानमा नेपाल इन्फ्रास्टक्चर बैंक र ग्लोबल आईएमई बैंक रहेका छन् । बजारमा भारी गिरावट आउँदा पनि चन्द्रागिरी हिल्सको कारोबारमा सकारात्मक सर्किट लागेको छ ।

वि.सं.२०७७ फागुन १६ आइतवार १५:१२ मा प्रकाशित

You can share this post!

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...