राजस्व छली गर्ने बाबा फ्लोर मिल्सका ३ जनाविरुद्ध करिब साढे १५ करोड बिगो दावीसहित मुद्दा दर्ता

काठमाडौं । राजस्व अनुुसन्धान विभागले राजस्व छली गर्ने ३ जनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको छ ।

विभागले विराटनगर-९ स्थित बाबा फ्लोर मिल्सका सञ्चालक तथा गोपाल फ्लोर मिलका मुख्य कारोबारी सुरेश कुमार राठीसहित ३ जनाले राजस्व चुहावट गरेको अभियोगमा १५ करोड ३६ लाख ६३ हजार ६७२ रुपैयाँ बिगो दावी र कैद जरिवाना मागसहित उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको विभागले जनाएको छ ।

विभागले राठी तथा कम्पनीका म्यानेजर गिरधारी लाल अग्रवालले वास्तविक बिक्री– आम्दानीभन्दा घटी बिक्री देखाइ मूल्य अभिवृद्धि कर, लाभांश कर र आयकर समेतको राजस्व चुहावटको कसुर गरेको साथै भीसीटीएस समेतको पालना नगरेको भन्दै मुद्दा दर्ता भएको छ ।

२०७७ फागुुण १६ गते १९:०० मा प्रकाशित

You can share this post!

उपत्यका बाहिर दुई शाखा खोलेका लघुवित्तले मात्रै उपत्यकामा शाखा खोल्न पाउने

उपत्यका बाहिर दुई शाखा खोलेका लघुवित्तले मात्रै उपत्यकामा शाखा खोल्न पाउने

Related posts