back
NMB ad

राष्ट्र बैंकले १० अर्बको विकास ऋणपत्र जारी गर्ने, कसले पाँउछ लगानी गर्न ?

Kumari bank ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको ८ वर्षको लागि विकास ऋणपत्र २०८५ ‘ङ’ बोलकबोलको माध्यमबाट निष्काशन गर्ने भएको छ ।

राष्ट्र बैंकका अनुसार उक्त ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर-बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथ नेपाली नागरिकले पनि किन्न पाउने छन् । यसको ब्याजदर बोलकबोल माध्यमबाट निर्धारण हुने छ । यो ऋणपत्र धितो राखेर कर्जा लिन-दिन पाइने छ । फागुन १८ गते ३ बजेसम्म बोलकबोलको समय रहेको छ ।

ऋणपत्र खरिद गर्न चाहनेले उक्त समयभित्र अनलाइन बिडिङ मार्फत बोलकबोल गर्नुपर्ने छ । यो ऋणपत्र फागुन १९ गते निष्काशन हुनेछ । यसको साँवा २०८५ फागुन १९ गते भुक्तानी हुनेछ । इच्छुक खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धी रुपमा सहभागी हुन सक्नेछन् । प्रतिस्पर्धीको लागि ८५ प्रतिशत अर्थात साढे ८ अर्ब र अप्रतिस्पर्धीको लागि १५ प्रतिशत अर्थात साढे १ अर्ब छुट्याइएको छ ।

बोलवालाले कबोल गरेको ब्याजदरलाई सानोदेखि ठूलोसम्म मिलाएर बाँडफाँड गरिने रकमसम्म कायम भएको कटअफ ब्याजदरलाई एकल ब्याजदर कायम गरी सोही एकल ब्याजदरलाई सो ब्याजदर र सो ब्याजदर भन्दा तलका सबै बोलवालाहरुलाई ऋणपत्र उपलब्ध गराईने छ ।
यो ऋणपत्र घटीमा ५ हजार र बढीमा कुल निष्काशित रकमको सीमामा बाढाई ५ हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा हुने छ ।

राष्ट्र बैंकबाट इजाजत लिएका ‘क’, ‘ख’ र ‘ग’ वर्गका वित्तीय संस्थाले अप्रतिस्पर्धीको रुपमा भाग लिन पाउने छैनन् । प्रतिस्पर्धी बोलवालाले खरीद गर्न चाहेको रकम र कबोल गर्न चाहेको ब्याजदर (दशमलव पछिको दुई अंकसम्म मात्र) उल्लेख गर्नु पर्नेछ । बहु ब्याजदरमा समेत बोल गर्न सक्नेछन् । यो ऋणपत्रको दोस्रो बजार कारोबार नेप्से मार्फत मात्र हुनेछ ।

वि.सं.२०७७ फागुन १७ सोमवार १४:२६ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...