पदयात्रा व्यवसायमा आवद्ध सबैलाई प्राथमिक उपचारको बारेमा जानकारी हुनुपर्छः बोर्ड सदस्य रिजाल

काठमाडौं । नेपाल पर्यटन बोर्डका सदस्य चन्द्र रिजालले पदयात्रा व्यवसायमा आवद्ध सबैलाई प्राथमिक उपचारको बारेमा जानकारी हुनु निकै महत्वपूर्ण भएको बताउनु भएको छ । राधजानीमा इन्भारमेन्टल इजुकेशन प्रोजेक्ट (कीप)ले आयोजना गरेको कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो ।

उहाँका अनुसार पर्यटन व्यवसायी र पदयात्रा ब्यबसायमा प्राथमिक उपचारको जानकारी भएको खण्डमा ठूलो रोग लाग्नबाट जोगिने बताउनु भयो । ‘ सबै मानिसलाई प्राथमिक उपचारको बारेमा जानकारी हुनु अति आवश्यक छ’ उहाँले भन्नुभयो ‘सानो उपचार नपाउदाँ मानिसको जीवन जोखिम हुन्छ, कतिपय समयमा सानो उपचार नपाउदाँ ठुलो उपचारको आवश्यकताता पर्छ ।’

आगामी दिनमा पनि सबैले प्राथमिक उपचारमा ध्यान दिनु पर्ने र त्यसको लागि कीपले लामो समयदेखी बिभिन्न किसिमको तालीम दिँदै आएकोले र यस्ता तालिम आगामी दिन पनि आवश्यक रहेको उहाँको भनाइ छ ।

२०७७ फागुुण १७ गते १०:१८ मा प्रकाशित

You can share this post!

राजस्व छली गर्ने बाबा फ्लोर मिल्सका ३ जनाविरुद्ध करिब साढे १५ करोड बिगो दावीसहित मुद्दा दर्ता

राजस्व छलि गर्ने रजनीश ट्रेडिङका सञ्चालन गुप्ता विरुद्ध करिब २६ करोड विगो दाबीसहति मुद्दा दर्ता

Related posts