१२ हजार ४४२ कित्ता हकप्रद शेयर विक्री गर्दै साना किसान लघुवित्त

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले नबिकेको १२ हजार ४४२ कित्ता हकप्रद शेयर बिक्री गरर्ने भएको छ ।

फागुन २८ गतेदेखि  कम्पनीले संस्थापक तर्फको ३ हजार ३६८ र सर्वसाधारण समूहको ९ हजार ७४ कित्ता हकप्रद शेयर लिलामीमार्फत विक्री गर्ने भएको हो ।

कम्पनीले मंसिर २५ गतेदेखि पुस ३० गतेसम्म हकप्रद निष्कासन गरेकोमा उक्त हकप्रद शेयरमा आवेदन नपरेकाले लिलामीमार्फत पुनः विक्री गर्न लागेको हो ।

कम्पनीको विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । हकप्रद शेयर खरिदका लागि चैत १३ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

शेयरको न्यूनतम मूल्य प्रतिशेयर १ सय रुपैयाँ तोकिएको छ । बोलकबोल गर्दा सो वा सोभन्दा बढी मूल्य अंकित गरी गर्नु पर्ने कम्पनीले जनाएको छ।

२०७७ फागुुण १८ गते १०:२६ मा प्रकाशित

You can share this post!

नेपाल लाइफ इन्स्योरेन्सका दुई संचालकद्वारा पदबहाली

नेपाल लाइफ इन्स्योरेन्सका दुई संचालकद्वारा पदबहाली

Related posts