back
NMB ad

क्यान्सरको उपचारका लागि विदेश जानु नपर्ने, दक्षिण एसियाकै अत्याधुनिक क्यान्सर अस्पताल सञ्चालनमा

Kumari bank ad

काठमाडौं । दक्षिण एसियाकै अत्याधुनिक क्यान्सर अस्पताल ‘पुर्वाञ्चल क्यान्सर अस्पताल’ को उदघाटन हुने भएको छ । झापा जिल्लाको बिर्तामोडमा रहेको उक्त अस्पतालका आज उद्घाटन हुन लागेको हो । अस्पतालतको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुहुने भएको छ ।

यो अस्पताल उद्घाटन भएसँगै अब क्यान्सर रोगीले उपचारको लागि विदेश जान नपर्ने भएको छ । अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईका अनुसार यो अस्पतालबाट जस्तोसुकै क्यान्सरको पनि उपचार हुनेछ ।

क्यान्सरको उपचार गर्न अहिले विश्वस्तरिय अस्पतालले प्रयोग गरिरहेका उपकरण पुर्वाञ्चाल क्यान्सर अस्पतालमा जडान भएको छ ।
अहिले धेरै नेपालीहरु क्यान्सरको उपचार गर्न भारत जाने गरेका छन् । तर यो अस्पतालमा भारतका अस्पतालको भन्दा अत्याधुनिक प्रविधि जडान भएको प्रसाइको भनाइ छ ।

पुर्वाञ्चल क्यान्सर अस्पतालको क्षमता ३०० बेडको रहेको छ । यो अस्पताल करिब ६ अर्ब रुपैयाँ लगानी रहेको छ । अस्पतालमा पेट स्क्यान, एमआरआइ, सिटी स्क्यानलगायत अत्याधुनिक उपकरण सञ्चालनमा रहेको उहाँको भनाइ छ ।

वि.सं.२०७७ फागुन १८ मंगलवार ११:१३ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...