काठमाडौं । सेयर बजारमा तिब्र उतारचढाव सुुरु भएको छ । कारोबारको सुरुमा केही बढेर ओरालो लाग्न थालेको बजार अन्तिम समयसम्म पनि गिरावटले नै निरन्तरता पाउँदा ५९.७० अंकले घटेर परिसूचक २४५५.५३ बिन्दुमारोकिउको छ ।
यो दिनको कारोबारमा ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ९.८० अंकले घटेर ४४३.९५ बिन्दुमा रोकिएको छ । २०८ कम्पनीको १ करोड ३१ लाख ६७ हजार ७३८ कित्ता सेयर ६ अर्ब ११ करोड ९६ लाख ३८ हजार ६६९ रुपैयाँको सेयर किनबेच भएको छ ।
कारोबारमा बैंकिङ समूहको उपसूचक ४५.५५, विकास बैंक ६०.६५, जलविद्युत ४०.९९, निर्जीबन बीमा ३४३.७५, उत्पादन तथा प्रशोधन १५०.४८, माइक्रोफाइनान्स ११२.०८, जीवन बीमा समूहको उपसूचक ५१९.६७ अंकले घटेको छ ।
कारोबार रकममा एशियन लाइफ इन्स्योरेन्स अग्रस्थानमा देखिएको छ । इन्स्योरेन्सका २८ करोड २६ लाख रुपैयाँ बढीको सेयर किनबेच भएको छ । साल्ट टे«डिङ कर्पोरेशन र चन्द्रागिरी हिल्सको कारोबारमा सकारत्मक सर्किट लागेको छ । नेपाल हाईड्रो डेभलपर्स, कर्पोरेट डेभलपमेन्ट बैंक, सिनर्जी पावर डेभलपमेन्टका लगानीकर्ताले गुमाएका छन् ।
वि.सं.२०७७ फागुन १८ मंगलवार १५:२३ मा प्रकाशित