ज्योति लाइफ इन्स्योरेन्सको आइपिओमा आवेदन दिने समय सर्यो

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सले यसअघि तोकेको समय भन्दा अघि नै साधारण (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले आइपीओ फागुन २१ गतेदेखि निष्काशन हुने भएको छ । यसअघि फागुन २३ गते देखि निष्काशन हुने भनिएको थियो ।

कम्पनीले प्रति कित्ता एक सय रुपैयाँको दरले ६६ करोड रुपैयाँको ६६ लाख कित्ता आइपीओ निष्काशन गर्न लागेको हो । ६६ लाख कित्ता मध्ये ३ लाख ३३ हजार कित्ता सामूहिक लगानी कोष र ३ लाख ३३ हजार कित्ता कर्मचारीहरुलाई छुट्याएको छ ।

बाँकी रहेको बाँकी रहेको ५९ लाख ३४ हजार कित्तामा सर्वसाधारणले आवेदन दिन पाउने छन् । आइपीओमा सि–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरबाट आवेदन दिन सकिने छ ।

२०७७ फागुुण १८ गते १५:३५ मा प्रकाशित

You can share this post!

सेयर बजारमा तिब्र उचार चढाव, साल्ट ट्रेडिङ र चन्द्रागिरी हिल्सको कारोबारमा सर्किट

नेप्सेमा दुई बैंकको ६४ लाख ६१ हजार कित्ता शेयर सूचीकृत, कुनको कति ?

Related posts