यस वर्ष एशियन लाइफ इन्स्योरेन्सका लगानीकर्ताको हात खाली

काठमाडौं । यस वर्ष  एशियन लाइफ इन्स्योरेन्सका लगानीकर्ताको हात खाली हुने भएको छ । कम्पनीले यस वर्ष पनि लाभांश नदिने भएको छ ।

कम्पनीको फागुन १८ गतेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई लाभांश नदिने निर्णय गरेको हो । कम्पनीले आर्थिक वर्ष ०७५/७६ को सञ्चित मुनाफा जगेडा कोषमानै रहने गरी बीमा समितिमा वासलात, नाफानोक्सान हिसाव र सो संलग्न अनुसूचीहरु स्वीकृतिका लागि पेश गर्ने निर्णय गरेको छ ।

हाल कम्पनीको चुक्तापूँजी २ अर्ब १ करोड ७ लाख ६० हजार रुपैयाँ रहेको छ । कम्पनीले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १७ करोड ६० लाख ५४ हजार रुपैयाँ खुद नाफा गरेको छ । कम्पनीको जगेडा कोषमा ७२ करोड ३१ लाख २० हजार रहेको छ ।

२०७७ फागुुण १९ गते १२:३६ मा प्रकाशित

You can share this post!

शुक्रवारदेखि नागरिक लगानी कोषको साढे तीन लाख कित्ता शेयर विक्रीमा, कति दिने आवेदन ?

नेपाल टेलिकमले प्रतिशेयर ४० रुपैयाँका दरले नगद लाभांश दिने

Related posts