सारथी नेपाल लघुवित्तले संशोधन गर्यो बोनस शेयर, अब कति ?

काठमाडौं । सारथी नेपाल लघुवित्तले बोनस शेयर संशोधन गरेको छ । एक सूचना निकाल्दै कम्पनीले बोनस शेयर संसोधन गरेको जानकारी गराएको छ ।

संशोधन पश्चात कम्पनीले अब ८ दशलमव १३ प्रतिशत बोनस शेयर र शून्य दशमलव ४३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने सूचनामा उल्लेख छ ।

कम्पनीले यस अघि ९ दशमलव ११ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको थियो । सूचना अनुसार राष्ट्र बैंकले साविक नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाको आव २०७६/७७ को वित्तीय विवरण संशोधन गरी पेश गर्न निर्देशन दिएकोले बोनस शेयर परिवर्तन भएको कम्पनीले जानकारी गराएको छ ।

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।

 

२०७७ फागुुण १९ गते १३:४० मा प्रकाशित

You can share this post!

स्वावलम्बन लघुवित्तको वार्षिक साधारणसभा चैत ११ गते हुने, बुक क्लोज कहिले ?

स्वावलम्बन लघुवित्तको वार्षिक साधारणसभा चैत ११ गते हुने, बुक क्लोज कहिले ?

Related posts