भोलि यी दुई बैंक तथा वित्तिय कम्पनीको साधारणसभा हुँदै, के-के छन् एजेण्डा ?

काठमाडौं । फागुन २० अर्थात शुक्रवार भोलि दुई वित्तिय कम्पनीको साधारण सभा हुँदै छ । शुक्रवार फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था र कर्णाली डेभलपमेण्ट बैंकको साधारण सभा हुने भएको हो ।

फरवार्ड माइक्रोफाइनान्सको साधारण सभा कम्पनीको केन्द्रिय कार्यालय सुनसरीमा बिहान ११ बजे हुने संस्थाले जनाएको छ ।
साभाले गत आवको मुनाफाबाट प्रस्ताव गरेको २५ प्रतिशत बोनस शेयर र ६ दशमलव ५८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, कर्णाली डेभलपमेण्ट बैंकले दुई आवको साधारण सभा गर्दै छ । सभा मेरो प्लानेट नेपालगञ्जमा बिहान १० बजे बाट हुने बैंकले जनाएको छ । सभाले आव २०७४/७५ र आव २०७५/७६ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ ।

२०७७ फागुुण २० गते ११:५६ मा प्रकाशित

You can share this post!

मलको अभावमा उत्पादन घट्ने र किसान मर्कामा पर्ने अवस्थाको अन्त्य गरेका छौँ : मन्त्री अर्याल

मलको अभावमा उत्पादन घट्ने र किसान मर्कामा पर्ने अवस्थाको अन्त्य गरेका छौँ : मन्त्री अर्याल

Related posts