back
NMB ad

लयमा फर्कियो सेयर बजार, कारोबार रकम खुम्चँदा लगानीकर्ता बन्न सकेनन् सन्तुष्ट

Kumari bank ad

काठमाडौं । केही समय यता निरन्तर गिरावट आएको सेयर बजार पुन लयमा फर्किएको छ । सेयर कारोबारका लागि अन्तिम दिन बिहीबार बजार मापन गर्ने सूचक ९०.६७ अंकले बढेर २५०६.६८ बिन्दुमा रोकिएको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १४.६७ अंकले बढेर ४५१.४६ बिन्दुमा रोकिएको छ । बजारमा सुधार आएपनि कारोबार रकम भने सुस्त बन्दै गएको छ । २०६ कम्पनीको १ करोड ६६ लाख २२ हजार ७६३ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ५ करोड ८१ लाख ४ हजार ३१७ रुपैयाँको सेयर किनबेच भएको छ ।

बजारमा सुधार आएपनि कारोबार रकममा सुधार नआउँदा यो बढोत्तरीलाई शंकाको दृष्टिकोणले हेर्न सकिने लगानीकर्ताको भनाइ छ । सूचक बढदै जानु र कारोबार रकम नबढनुले बजारमा सकारात्मक दिशातर्फ जानेमा अन्योलना सृजना हुने जानकारहरुको भनाइ छ ।

सूचकसँगै कारोबार रकम नबढ्दा यो बढाई देखावटी हो वा बजारले मुभ गर्न खोजेको हो यसै भन्न नसकिने एक लगानीकर्ताले बताउनु भयो । उहाँका अनुसार त्यो भन्दैमा कारोबार रकमकै आधारमा लगानीकर्ता आँत्तिहाल्ने अवस्था भने छैन । तर सूचक बढदै जाने र कारोबार रकम खुम्चदै जाने हो भने यो बढोत्तरीले बजारलाई दिर्घकालिन उचाइमा जान भने धेरै सहयोग नगर्ने उहाँको तर्क छ ।

सुरुदेखि नै बढेको बजारले अन्तिमसमयसम्म पनि त्यो गतिलाई कायम नै राखेको देखिएको छ । जसले गर्दा सबै समूहको उपसूचकमा हरियाली छाएको छ । बैकिङ समूहको कारोबार मापन गर्ने सूचक ५२.०४, ट्रेडिङ २५६.७१, विकास बैंक ६१.९९, जलविद्युत ९१.१९, निर्जीबन बीमा ३२४.४६, माइक्रोफाइनान्स २०९.०६, जीवन बीमा ५७१.९५, उत्पादन तथा प्रशोधन १९०.६८, अन्य समूहको उपसूचक १०३.८७ अंकले बढेको छ ।

कारोबार रकमको आधारमा नेपाल इन्फ्रास्टक्चर बैंक अग्रस्थानमा रहेको छ । बैंकको ५३ करोड २३ लाख ९० हजार रुपैयाँ बढीको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा शिखर इन्स्योरेन्स र नबिल बैंक रहेको छ ।

वि.सं.२०७७ फागुन २० बिहीवार १५:१९ मा प्रकाशित

You can share this post!

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...