काठमाडौं । सिंगटी हाइड्रो इनर्जीले चैत ६ गतेदेखि सर्वसाधारणलाई साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।
कम्पनिले प्रतिकित्ता १०० रुपैयाँका दरले २९ करोड रुपैयाँको २९ लाख कित्ता सेयर निष्काशन गर्न लागेको हो । जसमा ५८ हजार कित्ता सेयर कर्मचारी र १ लाख ४५ हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याईएको छ । बाकि रहेको २६ लाख ९७ हजार कित्तामा सर्वसाधरण लगानिकर्ताले आवेदन दिन पाउनेछन् ।
आइपीओमा ६ गतेदेखि चैत १० गते सम्म आवेदन दिन सकिनेछ । त्यस अवधिमा माग अनुसार आवेदन नपरेमा र चैत २० गते सम्म आवेदन दिन सकिनेछ । न्यूनतम १०कित्तादेखि अधिकतम २ लाख कित्तासम्म आवेदन दिन पाइनेछ । आवेदन सि आस्वा सदस्य बैक तथा बितिय संस्था र मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ ।
वि.सं.२०७७ फागुन २१ शुक्रवार ०७:४९ मा प्रकाशित