काठमाडौं । रिलायन्स फाइनान्सले सेयरधनीलाई १०.५३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । फाइनान्सको २० गते बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई १०.५३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।
फाइनान्सका अनुसार आर्थिक वर्ष २०७६-०७७ को मुनाफा अनुसार १० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.५३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् ।
वि.सं.२०७७ फागुन २१ शुक्रवार ११:२१ मा प्रकाशित