काठमाडौं । नेपाल स्टक एक्सचेञ्च(नेप्से)ले विभिन्न पदमा कर्मचारी माग गरेको छ । शुक्रवार एक सूचना निकाल्दै नेप्सेले कर्मचारी माग गरेको हो ।
नेप्सेले आन्तरिक प्रतियोगिता तर्फबाट प्रबन्धक, सहायक प्रबन्धक अधिकृत र आइटी अधिकृत पदमा कर्मचारी माग गरेको हो ।
योग्यता पुगेका उम्मेदवारहरूले फागुन २१ गतेबाट २१ दिन भित्र र दोब्बर दस्तुर तिरी थप ७ दिन भित्र बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म दरखास्त दिन सकिने सूचनामा उल्लेख छ ।
दरखास्त फारम नेपाल स्टक एक्सचेन्ज, पदपूर्ति समितिको सचिवालय, भद्रकाली प्लाजा, काठमाडौंबाट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
हेर्नुहोस् सूचना :
वि.सं.२०७७ फागुन २१ शुक्रवार ११:४४ मा प्रकाशित