back
NMB ad

मेरो सेयरमा समस्या, ज्योति लाइफको आईपीओ भर्न लगानीकर्तालाई सास्ती !

Kumari bank ad

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सको साधारण सेयर (आईपीओ) आवेदन दिने लगानीकर्ताले मेरो सेयर नखुलेको कारण सास्ती खेप्नु परेको छ ।

आज (शुक्रबार) देखि खुलेको आईपीओमा मेरो सेयरबाट अनलाइमा आवेदन दिन तयार भएका लगानीकर्ता मेरो सेयर नखुलेका कारण हैरानीमा परेका हुन ।

यो समाचार तयार पार्दासम्म मेरो सेयरको सेवा अवरुद्ध भएको । सिडिएससीका अनुसार अहिले मेरो सेयर सफ्टवेयरमा प्राविधिक समस्या देखिएको छ । अहिले सिडिएससीले मेरो सेयरमा देखिएको प्राविधिक समस्या समाधान गर्न लागि परेको जानकारी गराएको । केही समयमा नै मर्मत सक्ने र पुरानै लयमा फर्कने पनि जनाएको छ । आइतबारबाट कम्पनीको आईपीओ खुल्ने भनेपनि मेरो सेयरले लोड धान्न नसक्ने भन्दै शुक्रबारबाट नै आईपीओ निष्काशन भएको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले ६६ करोड रुपैयाँको ६६ लाख कित्ता सेयर निष्काशन गरेको हो । जसमा । कम्पनीका कर्मचारीले ३ लाख ३० हजार कित्ता र सामुहिक लगानी कोषलाई पनि ३ लाख ३० हजार कित्ता छुट्याइएको छ । बाँकी रहेको ५९ लाख ४० हजार कित्तामा सर्वसाधारण लगानिकर्ताले आवेदन दिन पाउनेछन् ।

आईपिओमा न्युनतम १० कित्ता अधिकतम ६६ हजार कित्ता सम्म आवेदन दिन सक्नेछन । आईपीओमा फागुन २६ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा चैत ६ गतेसम्म आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ । लगानिकर्ताले सि आश्वा सदसय बैक तथा वितिय संस्था र मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ ।

वि.सं.२०७७ फागुन २१ शुक्रवार १२:०७ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...