back
NMB ad

सातामै ६९ हजारले लिए अनलाइन सेवा, दोस्रो बजारमा सकृय सेयर लगानीकर्ता ६ लाख

Kumari bank ad

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार एक साताको अवधिमा अनलाइनको यूजरनेम र पासवर्ड लिने सेयर लगानीकर्ताको संख्या ६९ हजार ९२ जनाले बढेको छ ।

नेप्सेका अनुरार एक साताका अनलाइनको यूजरनेम र पासवर्ड लिने लगानीकर्ताको संख्या ४ लाख ४५ हजार ३५३ जना पुगेको छ ।
अनलाइनको यूजरनेम र पासवर्ड लिनेको संख्या साढे ४ लाखको हाराहारीमा पुगेपनि अनलाइनबाटै सेयर कारोबार गर्ने सकृय लगानीकर्ताको संख्या २ लाख २२ हजार ५६९ जना रहेका छन् । नेप्सेका अनुसार बिहीबारसम्म ५ लाख ९४ हजार ८७९ जना सेयर बजारमा सकृय लगानीकर्ता रहेका छन् । सकृय लगानीकर्तामा अनलाइन अफलाइन दुवै समावेश गरिएको छ ।

नेप्सेका अनुसार सबैभन्दा बढी नाशा सेक्युरिटिजबाट ४१ हजार ९०२ जनाले अनलाइनको यूजरनेम र पासवर्ड सेवा लिएका छन् । त्यस्तै सानी सेक्युरिटिजबाट २७ हजार ६६९ जना, मिदास स्टक ब्रोकिङ कम्पनीबाट २० हजार ५०३ जना, भिजन सेक्युरिटीजबाट १८ हजार ९१४, दिपशिखा धितोपत्र कारोबार कम्पनीबाट १८ हजार ७७९ जनाले अनलाइनको यूजरनेम र पासवर्ड सेवा लिएका छन् । सबैभन्दा थोरै सगरमाथा सेक्युरिटिजबाट ७७९ जनाले अनलाइनको यूजरनेम र पासवर्ड सेवा लिएको नेप्सेको भनाइ छ ।

विश्वब्यापी रुपमा सुरु भएको कोरोनाको महामारीपछि सेयर कारोबार अनलाइनबाट सुरु भएको छ । जसका कारण पनि अनलाइनको यूजर नेम र पासवर्ड लिनेको संख्या क्रमिक रुपमा बढेको छ । अनलाइनको यूजर नेम र पासवर्ड लिएपछि आफुलाई पायक परेको जुनसुकै स्थानबाट पनि सेयर कारोबार गर्न सकिन्छ । त्यसले गर्दा पनि अनलाइन सेवा लिनेको संख्या बढेको छ ।

वि.सं.२०७७ फागुन २१ शुक्रवार १२:३६ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...