back
NMB ad

प्रतितोला २ हजार ७ सय रुपैयाँले सस्तियो सुनको भाउ, चाँदीको मूल्य कति ?

Kumari bank ad

काठमाडौं । यस साता नेपाली बजारमा सुनको मूल्य २ हजार ७ सय रुपैयाँले घटेको छ । साताको पहिलो कारोबार दिन र अन्त्यसम्म आउँदा उक्त रकमले घटेको हो ।

साताको पहिलो कारोबार दिन (फागुन १६ गते) छापावाला सुनको मूल्य ८८ हजार ३ सय रुपैयाँ थियो । साताको अन्त्यसम्म आउँदा प्रतितोला ८५ हजार ६ सय रुपैयाँमा झरेको छ ।

समग्रमा साता अवधिभर सुनको भाउ निरन्तर ओरालो लागेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार फागुन १७ गते छापावाला सुनको मूल्य प्रतितोला ८८ हजार ७ सय रुपैयाँ पुगेको थियो । यो नै यस साताको उच्च मूल्य हो ।

यस साताको पछिल्लो दुई दिनमै सुनको भाउ १ हजार ९ सय रुपैयाँले घटेको महासंघले जनाएको छ । हिजो अर्थात फागुन २० गते ८६ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज एकैदिन ९ सय रुपैयाँले गिरावट आएको छ । साताको अन्तिम कारोबार दिन छापावाला सुनको मूल्य ८५ हजार रुपैयाँ कायम गरिएको थियो ।

त्यस्तै, यस साता चाँदीको मूल्यमा पनि गिरावट आएको छ । यस साता चाँदीको भाउ प्रतितोला ७५ रुपैयाँले ओरालो लागेको छ । साताको पहिलो कारोबार दिन प्रतितोला १३ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।

साताको अन्त्यसम्म आउँदा प्रतितोला १२ सय ५० रुपैयाँमा झरेको महासंघले जनाएको छ । समग्रमा यस साता चाँदीको भाउ प्रतितोला १३ सय ३० भन्दा माथि जान सकेन ।

वि.सं.२०७७ फागुन २१ शुक्रवार १४:१६ मा प्रकाशित

You can share this post!

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...